बाँकेमा २५ जना संक्रमित थपिँदा २५ जनाले कोरोना जिते


बाँकेमा २५ जना संक्रमित थपिँदा २५ जनाले कोरोना जिते

नेपालगन्ज २९ माघ : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणबाट १९ र एन्टिजेन परीक्षणबाट ६ गरी २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ९ जना रहेका छन् ।

कुल ६३ वटा नमुना जाँच गर्दा भेरी अस्पतालको प्रयोगशालामा ८, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ९ जना र बागेश्वरी ल्यावमा २ जनामा गरि जम्मा २५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सीमानाका जमुनाहमा भारतबाट फर्किने ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

योसँगै बाँके जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८७४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ४३१ पुगेको छ ।

यो पनि पढ्नुहोस्

कोरोना संक्रमित बाँके गाउँका एक बृद्धको मृत्यु