नेपालगन्ज ४ फागुन : बाँके जिल्ला फुटबल संघले चुनावी साधारण सभा र जिल्ला लिग फुटबल गर्ने निर्णय गरेको छ ।
बुधबार बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले फागुन २१ गते नयाँ नेतृत्व चयन गर्ने गरी चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभामा बाँके जिल्लाका १२ वटा क्लबका प्रतिनिधि तथा फुटबल कर्मीले चुनावी साधारण सभामा भाग लिनेछन् । यसैगरी कार्यसमिति बैठकले जिल्ला लिग फुटबल फागुन १४ गतेदेखी गर्ने निर्णय गरेको छ ।
जिल्ला लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बुधबार बसेको बैठकले जिल्ला लिग फुटबल र चुनाव गर्ने निर्णय गरेको बताए ।
उनले भने, ‘जिल्ला लिग फुटबल र चुनावी साधारण सभा हाम्रो संघका लागि महत्वुर्ण कुरा हुन । यसअघि कोभिडको कारण यी कुराहरु गर्न सकिएको थियो । अवस्था सहज भएपछि हामीले गर्ने निर्णय गरेका हौं । यसले बाँकेको फुटबललाई गतिशिल बनाउन सहयोग गर्ने हाम्रो विश्वास छ ।’
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’