बाँके जिल्ला लिग र अधिवेशनको मिति घोषणा


बाँके जिल्ला लिग र अधिवेशनको मिति घोषणा

नेपालगन्ज ४ फागुन : बाँके जिल्ला फुटबल संघले चुनावी साधारण सभा र जिल्ला लिग फुटबल गर्ने निर्णय गरेको छ ।

बुधबार बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले फागुन २१ गते नयाँ नेतृत्व चयन गर्ने गरी चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा बाँके जिल्लाका १२ वटा क्लबका प्रतिनिधि तथा फुटबल कर्मीले चुनावी साधारण सभामा भाग लिनेछन् । यसैगरी कार्यसमिति बैठकले जिल्ला लिग फुटबल फागुन १४ गतेदेखी गर्ने निर्णय गरेको छ ।

जिल्ला लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बुधबार बसेको बैठकले जिल्ला लिग फुटबल र चुनाव गर्ने निर्णय गरेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले भने, ‘जिल्ला लिग फुटबल र चुनावी साधारण सभा हाम्रो संघका लागि महत्वुर्ण कुरा हुन । यसअघि कोभिडको कारण यी कुराहरु गर्न सकिएको थियो । अवस्था सहज भएपछि हामीले गर्ने निर्णय गरेका हौं । यसले बाँकेको फुटबललाई गतिशिल बनाउन सहयोग गर्ने हाम्रो विश्वास छ ।’