File Photo
नेपालगन्ज ९ फागुन : कोरोना भाइरस संक्रमणका कारण बर्दियाका एक पुरुषको निधन भएकोछ ।
कोरोना विरुद्धको पहिलो डोज लगाएका बर्दियाका एक पुरुषको निधन भएको हो । यसअघि आईतबार मात्रै बर्दियाको बढैयाताल गाउँपालिका–९ की ३६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।
भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा गुलरिया नगरपालिका–८ बर्दियाका २७ वर्षीय युवाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्शन तेज ओलीले जानकारी दिए ।
उनका अनुसार मृतक ती पुरुष गत माघ २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थिए । कोरोना संक्रमित भएका उनी घरमै आइसोलेसन बसेका थिए ।
घरमै आइसोलेसन बसेका ती युवाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि फागुन ७ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गराइएको थियो । भेरीको कोभिड वार्डमा उपचाररत ती युवाको आईतबार राती ९ बजेतिर मृत्यु भएको हो । उनले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका थिए ।
कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका ३ सय ५१ जनाको मृत्यु भएको छ । यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४ सय ४८ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।
थप समाचार