नेपालले ओमानलाई ९ विकेट हरायो


नेपालले ओमानलाई ९ विकेट हरायो

नेपालगन्ज १२ फागुन : नेपालले घरेलु टोली ओमानलाई हराउँदै आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटमा तेस्रो बनेको छ ।

सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो ।

८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालको जितका ओपनर कुशल भुर्तेल ५५ रनमा अविजित रहे । उनले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

कुशलले ४२ औं बलमा आफ्नो टी–२० आई करिअरको पाचौं अर्धशतक पूरा गरेका थिए । उनी नेपालबाट टी–२० आईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

यता, आरिफ शेख २१ रनमा अविजित रहे। उनले २७ बलमा १ चौका प्रहार गरे । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । आसिफ १८ बलमा १ चौकासहित १३ रनमा क्याच आउट भए ।