नेपालगन्ज १२ फागुन : नेपालले घरेलु टोली ओमानलाई हराउँदै आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटमा तेस्रो बनेको छ ।
सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो ।
८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो ।
नेपालको जितका ओपनर कुशल भुर्तेल ५५ रनमा अविजित रहे । उनले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
कुशलले ४२ औं बलमा आफ्नो टी–२० आई करिअरको पाचौं अर्धशतक पूरा गरेका थिए । उनी नेपालबाट टी–२० आईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
यता, आरिफ शेख २१ रनमा अविजित रहे। उनले २७ बलमा १ चौका प्रहार गरे । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । आसिफ १८ बलमा १ चौकासहित १३ रनमा क्याच आउट भए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’