शनिबारबाट जिल्ला लिग फुटबल, उद्घाटनमा धम्बोझी र कारकाँदो भिड्ने

जिल्लाका ११ वटा टिम खेल्ने : अध्यक्ष शाही


शनिबारबाट जिल्ला लिग फुटबल, उद्घाटनमा धम्बोझी र कारकाँदो भिड्ने

File Photo

नेपालगन्ज १३ फागुन : बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता हुनेभएकोछ ।

नेपालगन्जको रङ्गशालामा हुने उक्त फुटबल प्रतियोगिताको फाईनल खेल फागुन ३० गते हुनेछ । प्रतियोगितामा बाँके जिल्ला फुटबल संघसँग आबद्ध ११ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक बाँके फुटबल संघका अनुसार शनिबारदेखि सुरु हुने लिग प्रतियोगिता अन्र्तगत पहिलो खेल धम्बोझी क्लब र कारकाँदोबीच हुनेछ ।

लिगको उद्घाटन खेलमा पश्चात शनिबार नै हुने दोस्रो खेलमा ओशोनिक क्लब र मिलन युवा स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जिल्ला लिगको सम्पुर्ण तयारी पुरा भएको बताए ।

‘जिल्ला लिगको सम्पुर्ण तयारी पुरा भएको छ । लिग फुटबलले बाँके जिल्ला फुटबलको स्तर बढाउन महत्वपुर्ण भुमिका खेल्नेछ । यसमा सहभागी सम्पुर्ण टिमलाई राम्रो प्रदर्शनका लागि शुभकामना दिन चाहन्छु’ अध्यक्ष शाहीले भने ।

शाहीका अनुसार लिगमा सहभागी टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।

समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन् । भने समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जयकिसन स्पोर्ट क्लब, न्यू डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन् ।

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । कोरोना कहरकाबीच हुन लागेको जिल्ला स्तरीय फुटबल लिगले खेलप्रेमी, दर्शकमा उत्साह थपेकोछ ।