ओशोनिक क्लबको विजयी सुरुआत

धम्बोझी र कारकाँदो बराबरीमा


ओशोनिक क्लबको विजयी सुरुआत

नेपालगन्ज १४ फागुन : शनिबारदेखी शुरु भएको बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा ओशोनिक क्लबले जित हाँसिल गरेको छ । ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३–० ले हरायो । नेपालगन्ज रंगशालमा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १–१ गोल गरे ।

क्षितिजले २५ औं मिनेट, गोविन्दले ४५ र गणेशले ५०औं मिनेटमा गोल गरेका थिए ।

यसैगरी उद्घाटन खेलमा धम्बोझी र कारकाँदो बिचको खेल १–१ को बराबरीमा सकिएको छ । धम्बोझीका लागि बुद्ध देव शाहीले नौं मिनेटमा गोल गरेका थिए । पछि कारकादोका सृजन बकीले ५१ औं मिनेटमा गोल गदैं खेल बराबरीमा लगेका थिए ।

आयोजक बाँके जिल्ला फुटबल संघको आयोजनामा शुरु भएको जिल्ला लिग फुटबलको शनिबार एक समारोहमा बिच बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उद्घाटन कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश शाह, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासनिक अधिकृत राम कुमार सोनकर लगायतको उपस्थिती रहेको थियो ।

फागुनको ३० गतेसम्म चल्ने लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गर्नेछन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।

समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन ।

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।