नेपालगन्ज २३ फागुन: बाँकेमा जारी जिल्ला लिग फुटबलमा नवदुर्गा युवा क्लबले सोमबार जित हाँसिल गरेको छ ।
नेपालगन्ज रंगशालामा नवदुर्गाले बुद्ध युवा क्लबलाई ३–० ले हरायो । नवदुर्गाका लागि मनोज ओलीले २९औं मिनेट, रुपेश बुढाले ५० र बिनोद बुढाथोकीले ५७ औं मिनेटमा गोल गरेका थिए ।
यसैगरी सोमबार भएको अर्को खेलमा युनाइटेड क्लब र जयकिसान स्पोर्टस क्लबबिचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगितामा बाँकेका ११ क्लबले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको विजेता टोलीले बाँकेबाट लुम्बिनी प्रदेश लिगमा प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघले जनाएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’