बाँके जिल्ला लिग फुटबल : नवदुर्गा बिजयी


बाँके जिल्ला लिग फुटबल :  नवदुर्गा बिजयी

नेपालगन्ज २३ फागुन: बाँकेमा जारी जिल्ला लिग फुटबलमा नवदुर्गा युवा क्लबले सोमबार जित हाँसिल गरेको छ ।

नेपालगन्ज रंगशालामा नवदुर्गाले बुद्ध युवा क्लबलाई ३–० ले हरायो । नवदुर्गाका लागि मनोज ओलीले २९औं मिनेट, रुपेश बुढाले ५० र बिनोद बुढाथोकीले ५७ औं मिनेटमा गोल गरेका थिए ।

यसैगरी सोमबार भएको अर्को खेलमा युनाइटेड क्लब र जयकिसान स्पोर्टस क्लबबिचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगितामा बाँकेका ११ क्लबले प्रतिस्पर्धा गरिरहेका छन ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगिताको विजेता टोलीले बाँकेबाट लुम्बिनी प्रदेश लिगमा प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघले जनाएको छ ।