सिद्धार्थ र होलिल्याण्ड विजयी


सिद्धार्थ र होलिल्याण्ड विजयी

नेपालगन्ज २४ फागुन : सिद्धार्थ विद्या सदन र होलिल्याण्डले अन्तर स्कुल मेयर कप क्रिकेट प्रतियोगितामा मंगलबार जित हासिल गरेको छन् ।

कोहलपुर क्रिकेट मैदानमा सिद्धार्थले नेपालगन्ज मोडेल एकेडेमी विरुद्धको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । टस जितेर ब्याटिङ गरेको सिद्धार्थ २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ३३ रन बनाएको थियो । टोलीका लागि प्रदिप कोरीले ३४ रन, आयुश गुरुङले १६ रन जोडे ।

नेपालगन्ज मोडेलका हिमाल विष्ट र हिमाल कुँवरले ३–३ विकेट लिए । जवाफमा नेपालगन्जले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३२ रनमात्र जोडन सकेको थियो । नेपालगन्जका लागि विवेक पुन मगरले सर्वाधिक ४१ रन बनाए ।

जिसन बस्नेत र राजेन्द्र मौर्यले समान रुपमा अविजित १० रन जोडेका थिए । म्यान अफ द म्याच सिद्धार्थका सुमित ठाकुरले सर्वाधिक ५ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चेका थिए । यसैगरी प्रदिप कोरीले २ विकेट लिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै अर्को खेलमा होलिल्याण्डले ब्राइटल्याण्डलाई ६७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको होलिल्याण्डले १८.३ ओभरमा १ सय ४३ रन बनाएर अलआउट भयो । होलिल्याण्डका लागि हर्सिल जंग शाहीले सर्वाधिक ४२ रन बनाए । ब्राइटल्यान्डका दीपेश परियारले ३ विकेट लिएका थिए । १ सय ४४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको ब्राइटल्याण्डले १५.६ ओभरमा ७६ रन बनाएर अलआउट भएको थियो । खेलमा ४२ रन र ४ विकेट लिएका होलिल्याण्डका हर्सिलजंग शाही म्यान अफ द म्याच घोषित भए ।