न्यू डाँफे र जय किसानको जित


न्यू डाँफे र जय किसानको जित

नेपालगन्ज २४ फागुन : खजुराको न्यू डाँफे स्र्पोटस क्लबले बाँके जिल्ला लिग फुटबलमा सानदार जित हासिल गरेको छ ।

मंगलबार नेपालगन्ज रंगशालामा न्यू डाँफेले बुद्ध युवा क्लबलाई ५–० ले हरायो । न्यू डाँफेका लागि बिमल बस्नेतले ह्याट्रिक गरे । उनले २८औं, ५२औं र ६० औं मिनेटमा गोल गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

अर्जुन सुनारले सुरुआतमै ७ मिनेट र प्रेम सुनारले ४८औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा जय किसानले नवदुर्गा युवा क्लबलाई २–० ले पराजित गरेको छ । जय किसानका दिक्षान गिरीले ४७औं मिनेट र विश्वास विसीले ६०औं मिनेटमा गोल गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको जिल्ला लिग फुटबलाम बाँकेका ११ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।