नेपालगन्ज २५ फागुन : एनएमएले अन्तर स्कुल मेयर तथा उप–मेयर क्रिकेट प्रतियोगिता अन्तर्गत महिला तर्फको उपाधि जितेको छ । मंगलप्रसाद माविको मैदानमा एनएमएले होलिल्याण्डलाई एक विकेटले हरायो ।
टस जितेर ब्याटिङ गरेको होलिल्याण्डले १६.३ ओभरमा अलआउट हुँदा ९५ रन बनाएको थियो । होलिल्याण्डका कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेनन । एनएमएका अन्जली चौधरीले सर्वाधिक ४ विकेट र चमेली चौधरीले ३ विकेट लिइन । जवाफमा एनएमले १७ ओभर २ बलमा जित हासिल गरेको थियो ।
ओभरमा जित हासिल गरेको थियो । खेलमा वुमन अफ द फाइनल अन्जली चौधरीले सर्वाधिक ३८ रन, शोभा शाही र पबित्रा चन्दले समान ९ विकेट लिए । होलिल्याण्डका लागि मनिषा रानाले ३ विकेट दिक्षा पुरी र स्वतिका बजगाईले २–२ विकेट लिए ।
यसैगरी पुरुष तर्फको खेलमा बुधबार आर्दश स्कुलले जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ ।
आर्दशले कोहलपुर क्रिकेट मैदानमा मोर्डन स्कुललाई ३ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको मोर्डनले १२.४ ओभरमा ६२ रन बनाएर अलआउट भयो ।
मोर्डनका हिक्मत साउदले ११ रन, बिपिन खनालले ९ रन बनाए । म्यान अफ द म्याच आर्दशका रोहित सुनारले सर्वाधिक ५ विकेट लिए । उनले ४ ओभरमा १० रनमात्र खर्चेका थिए । नितेश न्यौपानेले २ विकेट हासिल गरे ।
जवाफमा आर्दशले १२.२ ओभरमा ७ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । आर्दशका अबिन थापाले ११ रन, दिपेश मगरले १३ रन बनाए । मोर्डनका बिपिन खनाल र निरपा शाहीले समान २ विकेट लिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’