न्यू डाँफे र युनाइटेडको जित


न्यू डाँफे र युनाइटेडको जित

नेपालगन्ज २५ फागुन : बाँके जिल्ला लिग फुटबलमा बुधबार युनाइटेड स्पोर्टस क्लब र न्यू डाँफे स्पोर्टस क्लबले जित हासिल गरेका छन ।

नेपालगन्ज रंगशालमा युनाइटेड स्पोर्टसले मोडेल टिमलाई १–० ले हरायो । खेलमा मोडेलका गोलकिपरको छातीमा लागेर आत्मघाती गोल भएको थियो ।

यसैगरी अर्को खेलमा न्यू डाँफेले नवदुर्गा युवा क्लबलाई ३–१ ले पराजित गरेको छ ।

न्यु डाँफेका अर्जुन सुनारले ७ र २३औं मिनेटमा गोल गरे । र प्रेम सुनारले १३औं मिनेटमा गोल गदैं न्यु डाँफेलाई जित दिलाए ।

Kids Festival 2022
kanti aarogya hospital
add

नवदुर्गाले खेलको ५ मिनेटमा पेनाल्टी पाएको थियो । त्यसलाई विशाल थारुले सदुपयोग गर्दै गोल गरे ।