योगिनी माविका खेलाडीलाई जर्सी प्रायोजन


योगिनी माविका खेलाडीलाई जर्सी प्रायोजन

नेपालगन्ज २७ फागुन : योगिनी मावि गौघाटलाई कालपृष्ठ दैनिकले जर्सी प्रायोजन गरेको छ ।

चौथो खजुरा गाउँपालिका अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता खेल्ने खेलाडीको लागी खेल जर्सी प्रदान गरिएको कालपृष्ठ दैनिकले जनाएको छ ।

शुक्रबार खजुरा गाउँपालिका वडा नम्बर–२ गौघाटमा भएको पत्रकार सम्मेलनमा कालपृष्ठ दैनिकका कार्यकारी निर्देशक कमल खत्रीले योगिनी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमबहादुर पुन, प्रध्यानाध्यापक गगन खड्का, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिलाई उक्त जर्सी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा खत्रीले पुरुष र महिला खेलाडीका लागि २० थान जर्सी र ४० वटा शैक्षिक म्याग्जीन प्रदान गरेका थिए । स्थानीयबासी समेत रहेका कमल खत्री योगिनी माविका पुर्व विद्यार्थी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

खेलाडीको हौसला बढाउनका लागि जर्सी प्रायोजन गरेको कालपृष्ठ दैनिकका कार्यकारी निर्देशक खत्रीले बताए । उनले भने,‘योगिनी मावि म आफै पढेको विद्यालय हो । यहाँबाट मैले विद्यार्थी जीवनमा धेरै कुरा सिकेको छु । खेलकुदका क्षेत्रमा पनि मैले रनिङ शिल्डबाटै सफलता हासिल गर्दै गएको थिए । रनिङमा खेल्ने खेलाडीको हौसला बढोस् भनेर सहयोग गरेको हुुँ ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुन, प्रअ खड्काले जर्सी सहयोग गरेर विद्यालयलाई खेलकुदका क्षेत्रमा राम्रो गर्न सहयोग गरेको बताए । उनीहरुले जर्सी हस्तान्त्रण गरेकोमा कालपृष्ठका कार्यकारी निर्देशक खत्रीलाई धन्यवाद दिए ।

खजुराको योगिनीमा माविमा शनिबार देखी खजुरा गाउँपालिका अन्तर विद्यालय रनिङ शिल्ड हुँदैछ । उक्त प्रतियोगितामा स्थानीय योगिनी माविका खेलाडीलेसोही जर्सी लगाएर खेल्ने प्रअ खडकाले बताए ।