खजुरा २८ फागुन : बाँकेको खजुरास्थित योगिनी मावि गौघाटमा चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुरु भएको छ ।
शनिबार बिभिन्न झाँकी, पञ्चेबाजा र सहभागी बिद्यालयका खेलाडी छात्रा, छात्रको मार्चपासले भब्य समारोहका बीच प्रतियोगिताको उद्घाटन भएको हो ।
प्रतियोगिताको बाँके क्षेत्र नम्बर–३ का लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले उद्घाटन गरेका थिए । शनिबारखि शुरु भएको प्रतियोगिता फागुन ३० गतेसम्म ३ दिन सञ्चालन हुने छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका किस्मत कुमार कक्षपतिले बिगतदेखि हुँदै आएको यो प्रतियोगितालाई खजुराबासीले महोत्सवको रुपमा हेरेको बताए ।
अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता खजुरा गाउँपालिकामा स्थापित भैसकेको भन्दै अध्यक्ष कक्षपतिले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावपछि गठन हुने स्थानीय सरकारले पनि निरन्तरता दिने बताए ।
खजुरालाई १५ वर्षमा समृद्ध बनाउने लक्ष्यलाई साकार पार्न यो प्रतियोगिता पनि जोडिएकाले समृद्ध खजुरा बनाउने सवालमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक तथा निजी गरि १६ विद्यालयका १८ वर्ष मूनिका एक सय ७७ छात्रा र २ सय ४१ छात्र गरि ४ सय १८ बिद्यार्थीहरुको सहभागितामा विभिन्न खेलमा प्रतिष्पर्धा हुने खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख एवम सचिवालय संयोजक खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार राशीसहित प्रमाण–पत्र र ट्रफीको व्यवस्था गरिएको छ ।
कार्यक्रममा खजुरा गाउँपालिका राजनितिक सल्लाकार भीम ओली, नेपाली काँगे्रसका पूर्व सभापति कृष्णमान श्रेष्ठ, नेकपा बाँकेका सचिव रत्न खत्री, नेकपा माओवादीका जिल्ला सचिव धनीराम ओली, खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, लगायतको सहभागिता रहेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’