खजुरा रनिङ शिल्ड : आईतबार जनताले ४ स्वर्ण जित्यो


खजुरा रनिङ शिल्ड : आईतबार जनताले ४ स्वर्ण जित्यो

खजुरा (बाँके) २९ फागुन : खजुरा गाउँपालिका चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूदको दोस्रो दिन जनता नमुना माविले ४ इभेन्टसमा स्वर्ण पदक जित्दा ज्ञानोदयले ३ स्वर्ण पदक जितेको छ । आईतबार हाईजम्पमा ज्ञानोदयका रहेमान खाँ पहिलो भएका छन् ।

खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको मैदानमा भैरहेको रनिङ शिल्डमा जनसेवा माविका रमजान खाँ दोस्रो र गुराँस चाईल्डहुड एकेडेमीका प्रविण बुढाथोकी तेस्रो भए । रहेमानले १.४३ मिटर, रमजानले १.४० मिटर र प्रविणले १.३७ मिटर जम्प गरेका थिए ।

ट्रिपल जम्पमा ज्ञानोदयकै साहिल खाँले ११.२४ मिटर जम्प गर्दै पहिलो, जनता मावि बठवाका इसार खाँले ११.०१ मिटर सहित दोस्रो र जनता नमुना माविका विवेक एलजिले ११ मिटर जम्प गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।

४ सय मिटरमा जनकल्याण मावि बद्रिपुरका आयुष थापा पहिलो, जनता नमुनाका केशव ढकाल दोस्रो र आदर्शका रोमिन तिवारी तेस्रो भए । आयुषले ५९.२० सेकेन्ड, केशवले ५९.७७ सृृेकेण्ड र रोमिनले १ मिनेट १० सेकेण्डमा दौड पुरा गरेका थिए । यसैगरी १५ सय मिटर दौडमा ज्ञानोदयका सालिक शर्माले ४ मिनेट ५२.५० सेकेण्ड सहित पहिलो स्थान हासिल गर्दा जनकल्याणका आयुष थापा दोस्रो र अमर माविका बिक्रम विक तेस्रो भए । आयुषले ५ मिनेट ०४.२० सेकेण्ड र बिक्रमले ५ मिनेट ०७.७३ सेकेण्ड समय लगाएका थिए । सटफुटमा जनता नमुनाका वकिल विक पहिलो, आदर्शका अमित गुरुङ दोस्रो र दिपेन्द्र पोखरेल तेस्रो भए । वकिलले ११.६९ मिटर, अतिमले ११.०२ मिटर र दिपेन्द्रले ९.८९ मिटर दूरी कटाएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी छात्रा तर्फको हाईजम्पमा जनता नमुनाकी यसुदा बस्नेत पहिलो, ज्ञानोदयकी प्रियंका चौधरी दोस्रो र योगिनी माविक मिना कुमारी खत्री तेस्रो भइन । यसुदाले १.१९ मिटर, प्रियंकाले १.१६ मिटर र मिनाले १.१३ मिटर जम्प गरे ।

ट्रिपल जम्पमा अमर माविकी आशिका नेपाली पहिलो, जनता नमुनाकी शान्ति पौडेल दोस्रो र योगिनी मिना कुमारी खत्रीले तेस्रो स्थान हासिल गरिन् ।

आशिकाले ८.७१ मिटर, शान्तिले ८.६१ मिटर र मिनाले ८.२२ मिटर जम्प गरेकी थिइन् । ४ सय मिटर दौडमा आदर्शकी अस्मिता थापाले १ मिनेट १५.७० सेकेन्डमा दौड पुरा गर्दै पहिलो स्थान हासिल गरेकी छिन् ।

जनकल्याण माविकी जानका रानाले १ मिनेट १६.२ सेकेन्ड सहित दोस्रो र ज्ञानोदयकी मनिषा आलेमगरले १ मिनेट १७.३५ सेकेण्ड सहित तेस्रो स्थान हासिल गरिन । १५ सय मिटर दौडमा जनता नमुनाकी शान्ति पौडेल पहिलो, जनकल्याण माविकी जानका राना दोस्रो र ज्ञानोदयकी करुणा चन्द तेस्रो भइन । शान्तिले ६ मिनेट ११.०५ सेकेण्ड, जानकाले ६ मिनेट १२.२४ सेकेण्ड र करुणाले ६ मिनेट १५.२९ सेकेण्डमा दौड पुरा गरेकी थिइन् ।

सटफुटमा जनता नमुनाकी पल्लवी घिसिङले पहिलो स्थान प्राप्त गर्दा जनसेवा मावि पुरैनाकी ज्योति सुनारले दोस्रो र नेरा मावि मनकामनाकी सुष्मा वादीले तेस्रो स्थान हासिल गरिन । पल्लवीले ७.९५ मिटर, ज्योतीले ७.५९ मिटर र सुष्माले ७.३५ मिटर दूरी पार गरेकी थिइन ।

यसैगरी प्रतियोगिताको पहिलो दिनमा एक सय मिटर दौडमा ज्ञानोदय नमुना माविका मनिष सुनारपहिलो हुँदा आदर्श माविका सुदीप विक दोस्रो र जनता नमुना माविका मोहित रोका मगर तेस्रो भए । मनिषले दौड ११.५५ सेकेण्ड, सुदिपले ११.८८ र मोहितले १२.१० सेकेण्डमा पुरा गरेका थिए । छात्रा तर्फ जनताकी शान्ती पौडेल पहिलो, आदर्शकी तुल्सी कुमारी सुनार दोस्रो र अमरकी आशिका नेपाली तेस्रो भइन । शान्तीले १३.८० सेकेण्ड, तुल्सीले १४.७४ सेकेण्ड र आशिकाले १५.२५ सेकेण्डमा दौड पुरा गरेको सचिवालयका सोम बहादुर विकले जानकारी गराए ।

८ सय मिटर दौडमा ज्ञानोदय नमुनाका सालिक शर्मा पहिलो, मैटहवाका सागर शाही दोस्रो र जनता नमुनाका सुदीप भण्डारी तेस्रो भए । सालिकले २ मिनेट १८.३० सेकेण्ड, सागरले २ मिनेट २८.०३ सेकेण्ड र सुदिपले २ मिनेट २९.१० सेकेण्डमा पुरा गरे । छात्रा तर्फ ज्ञानोदयकी राधिका वलीले पहिलो स्थान हासिल गरिन् ।

आदर्शकी सन्ध्या चौधरीले दोस्रो र जनता नमुनाकी तिर्सना फौजा मगर तेस्रो भइन । राधिकाले २ मिनेट ५४.९० सेकेण्ड, सन्ध्याले २ मिनेट ५७.३९ सेकेण्ड र तिर्सनाले ३ मिनेट १० सेकेण्डमा दौड पुरा गरिन ।

यसैगरी ज्याभलिन थ्रोमा जनताका कैलाश थापा पहिलो भए । आदर्शका निरज थापा दोस्रो र नेरा मावि मनकामनाका मक्दुम खान तेस्रो भए । कैलाशले ३८.६० मिटर, निरजले ३६.५५ मिटर र मक्दुमले ३५.६९ मिटर दुरी कटाएका थिए । सोही स्पर्धाको छात्रा तर्फ जनसेवाकी पुष्पा कामी पहिलो, आदर्शकी कंचन गुरुङ र जनताकी पल्लवी घिसिङ तेस्रो भइन । पुष्पाले २२.०९ मिटर, कंचनले २०.१९ मिटर र पल्लवीले १९.८९ मिटर दूरी कटाकी थिइन ।

लङजम्पमा ज्ञानोदयका मनिष सुनारले ५.६२ मिटर पार गर्दै पहिलो, अमर माविका रबिन थारु ५.६२ मिटर सहित दोस्रो र जनकल्याणका सनम विक ५.३९ मिटर सहित तेस्रो भएका छन् । छात्रा तर्फको स्पर्धामा अमरकी आशिका नेपाली पहिलो, जनता नमुनाकी करुणा सुनार दोस्रो र ज्ञानोदयकी करिस्मा चन्द तेस्रो भइन । आशिकाले ४.१० मिटर, करुणाले ४.०७ मिटर र करिस्माले ३.४१ मिटर जम्प गरेकी थिइन ।

शनिबार भएको ४ हजार ४०० मिटर रिले दौडको छात्रा तर्फ आदर्श पहिलो, जनता दोस्रो र जनकल्याण स्कुलले तेस्रो स्थान हासिल गरेको छ । आदर्शकी पुजा खड्का, अस्मिता थापा, तुल्सी कुमारी सुनार र सन्ध्या चौधरीको टिमले ५ मिनेट ०२.१६ सेकेण्डमा दौड पुरा गर्दा जनताकी यशोदा बस्नेत, शान्ती पौडेल, तिर्सना फौजा मगर र मनिष थारुले ५ मिनेट ११.३८ सेकेण्ड र जनकल्याणकी प्रतिभा कुमारी रावल, रेश्मा सुनार, अस्मिता योगी र जानका रानाले ५ मिनेट १७.७७ मिनेटमा दौड पुरा गरेका थिए ।