अत्याधुनिक सर्भिस सेवासहित कारकाँदोमा यामाह शोरुम सञ्चालन


अत्याधुनिक सर्भिस सेवासहित कारकाँदोमा यामाह शोरुम सञ्चालन

नेपालगन्ज २९ फागुन : नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरुको संख्या बढ्दो छ । नेपालगन्ज लगायत व्यस्त शहरहरु होस् वा दुर्गमका कच्चि अनि जटिल सडकमा समेत मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ ।

कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीहरुलाईसम्म मोटरसाइकल नभइ नहुने भइसकेको कारण नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ । नेपालमा सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु, ट्राफिक जामको समस्या आदिको कारण मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धि भएको जानकारहरुको भनाई छ ।

मोटरसाईकलको भीडमा नेपालमा यामाहाका मोटरसाइकल लोकप्रिय मात्र छैन यसले बाइक राइडरहरुको मन समेत जित्न सफल भएकोछ । यामाहाले विभिन्न आर्थिकस्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल तथा स्कुटर बजारमा ल्याएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनीको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेज रहेको छ । कम्पनीले यामाहाका ८ मोडलका मोटरसाइकल तथा तीन मोडलका स्कुटर विक्री गर्दै आएको छ । यामाहाले विक्री गर्ने ८ मोडलका मोटरसाइकलमा १२ भेरियन्ट रहेको छ भने ३ मोडलका स्कुटरमा ७ भेरियन्ट रहेको छ ।

मोटरसाइकलतर्फ यामाहाको सबैभन्दा सस्तो मोटरसाइकल सलुटो १२५ रहेको छ । त्यस्तै, यामाहा आर–३ यामाहाको सबैभन्दा महँगो मोटरसाइकल रहेको छ । यद्यपि यामाहाले बिग बाइक सेग्मेन्टमा नेपालमा अन्य महंगा मोटरसाइकल समेत विक्री गर्दै आएको छ । यामाहाको स्कुटरतर्फ सबैभन्दा महँगो एनम्याक्स १५५ रहेको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर–१५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर–१ बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय छ ।

यामाहाको आर–१५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

एमएडब्लु इन्टरप्राइजेजले बर्दिया अटो इन्टरनेशनल प्रालिमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस)को सुविधा प्रदान गर्न नेपालगन्जमा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएकोछ ।

यामाहा मोटरसाईकलको आधिकारिक विक्रेता बर्दिया अटो इन्टरनेशनल प्राइभेट लिमिटेडले नेपालगन्जको कारकाँदो चोकमा आईतबार एक विशेष कार्यक्रमको आयोजना गरि उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।

यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले नेपालगन्जको कारकाँदोमा नयाँ ब्यवस्थापनका यामाहा मोटरसाइकलको डिलरसिप सञ्चालनमा आएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि एवम नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगरले एक कार्यक्रमकाबीच उक्त शोरुमको औपचारिक उद्घाटन गरिने । उदघाटनअघि नेपालगन्ज बजारमा यामाहा मोटरसाइकलहरुको र्याली आयोजना गरिएको थियो ।

उपमेयर थापाले विश्वास र सेवा भावले गरिएको ब्यवसाय उन्नतीमा लाग्ने भन्दै सेवा, सुविधा र सामाग्री उपलब्धतामा विशेष ध्यान दिन आग्रह गरिन् ।

उनले बाँकेको नेपालगन्ज ब्यवसायको उर्वर भूमि भएकाले पश्चिम नेपालको गेटवेका रुपमा रहेको नेपालगन्जमा मोटरसाईकल ब्यापार फस्टाउँदै गएको हुँदा प्रतिस्प्रर्धी बजारमा आइपर्ने चुनौतीको सामना गरि स्वस्थ बजार प्रर्बद्धनमा लाग्न शुभकामना दिइन् ।

कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका सिइओ राजु क्षेत्रीले नेपालगन्जमा सर्वोत्कृष्ट वर्कशप सञ्चालनमा आएकोले ग्राहकले उत्कृष्ट सेवा र सुविधा पाउने बताए । उनले प्रतिस्प्रर्धी बजारमा मोटरसाईकल हेर्दा उस्तै लाग्ने भएपनि यामाहाको विशेषता फरक भएको दावि गरे ।

‘अरुको उत्पादन पनि राम्रो छ तर, यामाहा विश्वप्रख्यात छ, यसमा जडित प्रविधी, निरन्तरको अनुसन्धान, बलियो र सफल ईन्जिनका कारण यामाहप्रतिको लोकप्रियता, विश्वास कहिले घटेन’ सिइओ क्षेत्रीले अगाडी थपे–‘यामाहले एफआई टेक्निोलोजि सन् २००८ बाट प्रयोग गर्दै आएकोछ, अरुले भर्खर प्रयोग गरिरहेकाछन् ।’

बर्दिया अटोबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् ।

‘विश्वमै परिचित ब्राण्डको शोरुम थप व्यवस्थितरुपमा सञ्चालन गर्न पाउँदा गौरव महसुस गरेका छौं,’ बर्दिया अटो इन्टरनेसनल प्रालीका सञ्चालक घनश्याम बरालले बताए ।

उनले भने ‘अब यामाहाका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्दैन । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियनले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी, एमएडब्लुका बिजनेश हेड हरि दहाल, यातायात व्यवस्था कार्यालयका केशव घिमिरे र बर्दिया अटो इन्टरनेशनलका सहसञ्चालक देवराज क्षेत्री लगायत नेपालगन्ज, कोहलपुर, बर्दिया र सुर्खेतका मोटरसाईकल डिलरका प्रतनिधीहरुको उपस्थिती रहेको थियो । सोक्रममा ३ जनाले यामाहका नयाँ मोटरसाईकल खरिद गरेका थिए ।

यो शोरुमबाट यामाहाका सबै मोडेलका मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनुका साथै सर्भिस तथा स्पेयर पार्टसको विक्रि हुनेछ ।