नेपालगन्ज १८ साउन : नेपालगन्ज स्थित केयर सिटी अस्पतालमा सुगर, थाइराइड तथा हर्मोन रोग सम्बन्धि दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदैछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ भुजइगाउँस्थित रहेको केयर सिटी अस्पतालले यही साउन आईतबार र सोमबार विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर गर्न लागेको हो ।
काठमाण्डौंबाट नेपालगन्ज आउने विज्ञ चिकित्सकले सुगर, थाइराइड तथा हर्मोन रोगका विरामीहरुको चेकजाँच, परामर्श तथा उपचार गर्ने छन् ।
केयर सिटी अस्पतालका प्रबन्ध निर्देशक सन्तोष साहका अनुसार, काठाण्डौबाट कन्सल्टेन्ट फिजिसियन डाक्टर राधेश्याम यादवले विरामीहरुको उपचार गर्ने छन् ।
यही साउन २० र २१ गते २ दिनसम्म हुने निःशुल्क स्वास्थ्य शिविरमा विरामीको उपचार, चेकजाँच हुने हुँदा अग्रिम नाम लेखाई सो अवसरमा स्वास्थ्य लाभ लिन प्रबन्ध निर्देशक साहले आग्रह गरे ।
उनका अनुसार सो अवसरमा आउने विरामीलाई ल्याबमा २५% र एक्स–रे तथा भिडिओ एक्स–रे मा २०% छुट दिने प्रबन्ध निर्देशक साहले बताए ।
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग