एनमबी बैंकद्वारा सरस्वती माविलाई सिलिङ फ्यान प्रदान


रवि कनोजिया रवि कनोजिया   आइतबार, जेठ २७, २०८१
एनमबी बैंकद्वारा सरस्वती माविलाई सिलिङ फ्यान प्रदान

नेपालगन्ज २७ जेठ : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती माविलाई एनएम बैंकले सिलिङ फ्यान प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले उक्त विद्यालयलाई सिलिङ फ्यान प्रदान गरेको हो ।

अत्यधिक गर्मीबाट विद्यालय अध्ययन गर्न आउने विद्यार्थी तथा शिक्षकहरुलाई सितलता प्राप्त होस् भन्ने उद्देश्यका साथ २२ थान सिलिङ फ्यान प्रदान गरिएको एनएमबी बैंकले जनाएकोछ ।

एनएमबी बैंकका बरिष्ठ क्षेत्रीय प्रबन्धक युवराज पाठकले विद्यालयका प्रध्यानाध्यापक बिशाखर जैसीलाई सिलिङ फ्यान प्रदान गरेको एनएमबी बैंकका शाखा प्रबन्धक पदम रानाले जानकारी दिए । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

विद्यालयलाई सिलिङ फ्यान प्रदान गर्नेक्रममा एनएमबी बैंकका वरिष्ठ क्षेत्रीय प्रबन्धक पाठकसंगै बरिष्ठ विजनेस डेभलपमेन्ट मेनेजर हंसबहादुर धामी, शाखा प्रबन्धक पदम राना र कोहलपुर शाखाका बिजनेस डेभलपमेन्ट मेनेजर रवि केसीको उपस्थिती रहेको थियो ।