नेपालगन्ज २७ जेठ : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती माविलाई एनएम बैंकले सिलिङ फ्यान प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले उक्त विद्यालयलाई सिलिङ फ्यान प्रदान गरेको हो ।
अत्यधिक गर्मीबाट विद्यालय अध्ययन गर्न आउने विद्यार्थी तथा शिक्षकहरुलाई सितलता प्राप्त होस् भन्ने उद्देश्यका साथ २२ थान सिलिङ फ्यान प्रदान गरिएको एनएमबी बैंकले जनाएकोछ ।
एनएमबी बैंकका बरिष्ठ क्षेत्रीय प्रबन्धक युवराज पाठकले विद्यालयका प्रध्यानाध्यापक बिशाखर जैसीलाई सिलिङ फ्यान प्रदान गरेको एनएमबी बैंकका शाखा प्रबन्धक पदम रानाले जानकारी दिए ।
विद्यालयलाई सिलिङ फ्यान प्रदान गर्नेक्रममा एनएमबी बैंकका वरिष्ठ क्षेत्रीय प्रबन्धक पाठकसंगै बरिष्ठ विजनेस डेभलपमेन्ट मेनेजर हंसबहादुर धामी, शाखा प्रबन्धक पदम राना र कोहलपुर शाखाका बिजनेस डेभलपमेन्ट मेनेजर रवि केसीको उपस्थिती रहेको थियो ।
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ