सकियो खजुरा रनिङ शिल्ड, जनता नमुना भयो पहिलो


सकियो खजुरा रनिङ शिल्ड, जनता नमुना भयो पहिलो

खजुरा ३० फागुन : जनता नमुना मावि सन्तकुटी खजुरा गाउँपालिका चौथो अन्तर विद्यालय मेयर रनिङ शिल्डमा प्रथम भएको छ । ज्ञानोदय नमुना मावि खजुरा दोस्रो र आदर्श मावि ‘डी’ गाउँ तेस्रो भएका छन् । खजुरा गाउँपालिका–२ गौघाट स्थित योगिनी माविमा भएको प्रतियोगितामा खजुराका १७ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम भएको जनताले २१ अंक, ज्ञानोदयले १४ र आदर्शले १० अंक प्राप्त ग¥यो । प्रतियोगितामा छात्रातर्फ एथ्लेटिक्समा सर्वोत्कृष्ट जनता नमुनाकी शान्ति पौडेल भइन् । उनले ३ स्वर्ण पदक र १ रजत जितेकी थिइन ।

छात्र तर्फ ज्ञानोदय नमुनाका मनिस सुनार सर्वोत्कृष्ट भए । उनले ३ स्वर्ण जितेका थिए । कबड्डी तर्फ सर्वोत्कृष्ट छात्रा जनता नमुनाकी सम्झना थापा र छात्रतर्फ जनता मावि बठवाका इसरार खाँ भए ।

भलिबलतर्फ सर्वोत्कृष्ट छात्रा र छात्र जनता नमुनाका शान्ति पौडेल र बसन्त पोखरेल भए । छात्रतर्फ भलिबलमा जनता नमुना प्रथम, गुराँस चाइल्डहुड एकेडेमी द्वितीय र ज्ञानोदय नमुना तृत्तीय भयो ।

Kids Festival 2022
kanti aarogya hospital
add

छात्रा एथ्लेटिक्सतर्फ पनि जनता नमुना प्रथम, आदर्श मावि द्वित्तीय र ज्ञानोदय नमुना तृत्तीय भयो । छात्र एथ्लेटिक्सतर्फ ज्ञानोलय नमुना प्रथम, जनता नमुना द्वित्तीय र आदर्श मावि तृत्तीय भयो ।

छात्रा कबड्डीतर्फ ज्ञानोदय नमुना प्रथम भयो । त्यस्तै जनता नमुना द्वित्तीय र जनसेवा मावि पुरैना तृत्तीय भयो । छात्र कबड्डीमा जनता मावि बठवा प्रथम भयो भने नेरा मावि मनकामनापुर द्वित्तीय र आदर्श मावि तृत्तीय भयो । अनुशासित टिमबाट योगिनी मावि गौघाट पुरस्कृत भयो ।

छात्रातर्फ ३ हजार मिटर दौडमा जनकल्याण मावि बद्रिपुरका जानका राना प्रथम भइन् । त्यस्तै जनता नमुनाकी करुणा सुनार द्वित्तीय र ज्ञानोदय नमुना माविकी करिष्मा चन्द तृत्तीय भइन् ।

छात्रातर्फ २ सय मिटर दौडमा जनता नमुनाकी शान्ति पौडेल प्रथम, आदर्श माविकी तुल्सी कुमारी सुनार द्वित्तीय र जनकल्याण माविकी जानका राना तृत्तीय भइन् । छात्रातर्फको ४ सय मिटरको रिले दौडमा ज्ञानोदय नमुना प्रथम भयो । साथै जनता नमुना द्वित्तीय र आदर्श मावि तृत्तीय भयो ।

प्रतियोगितमा विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख सूर्य बहादुर खत्रीलगायतले पुरस्कृत गरे ।

कार्यक्रममा प्रमुख अतिथि श्रीवास्तवले खेलकुद राष्ट्र र स्वास्थ्यको लागि महत्वपूर्ण रहेको बताए । उनले प्रतियोगिताको माध्यामबाट खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए । श्रीवास्तवले कार्यक्रममा खजुराबाट अन्यत्र सारिन लागिएको प्रादेशिक विश्वविद्यालयका बारेमा सबैले मिलेर संघर्ष गर्नु पर्ने बताए । उनले विश्वविद्यालयका लागि आफू आन्दोलन गर्नसमेत पछि नहट्ने बताए ।

प्रमुख जिल्ला अधिकारी खत्रीले कार्यक्रम भव्यताका साथ सफल भएको बताए । उनले यस्ता किसिमका प्रतियोगिताबाट बालबालिकाको वौद्धिक क्षमता, खेलप्रतिको चाहना बढ्दै जाने बताए ।

अध्यक्ष कक्षपतिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गर्दै खजुरामा निरन्तर रनिङ शिल्ड प्रतियोगिता भई रहने बताए । उनले प्रतियोगिताको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरका खेलाडी जन्माउन सकिने बताए ।

साथै कक्षपतिले विश्वविद्यालय खजुरामा स्थापना गर्नको लागिसंघर्ष गर्ने बताए । त्यसैगरी प्रतियोगितामा पाँचौ रनिङ शिल्ड आदर्श प्रावि ‘डि’ गाउँमा सञ्चालन गर्ने निर्णयसमेत भएको छ । प्रतियोगितामा उपस्थित विद्यालयका प्रअहरुले सो निर्णय गरेका हुन् ।