खजुरा ३० फागुन : जनता नमुना मावि सन्तकुटी खजुरा गाउँपालिका चौथो अन्तर विद्यालय मेयर रनिङ शिल्डमा प्रथम भएको छ । ज्ञानोदय नमुना मावि खजुरा दोस्रो र आदर्श मावि ‘डी’ गाउँ तेस्रो भएका छन् । खजुरा गाउँपालिका–२ गौघाट स्थित योगिनी माविमा भएको प्रतियोगितामा खजुराका १७ विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम भएको जनताले २१ अंक, ज्ञानोदयले १४ र आदर्शले १० अंक प्राप्त ग¥यो । प्रतियोगितामा छात्रातर्फ एथ्लेटिक्समा सर्वोत्कृष्ट जनता नमुनाकी शान्ति पौडेल भइन् । उनले ३ स्वर्ण पदक र १ रजत जितेकी थिइन ।
छात्र तर्फ ज्ञानोदय नमुनाका मनिस सुनार सर्वोत्कृष्ट भए । उनले ३ स्वर्ण जितेका थिए । कबड्डी तर्फ सर्वोत्कृष्ट छात्रा जनता नमुनाकी सम्झना थापा र छात्रतर्फ जनता मावि बठवाका इसरार खाँ भए ।
भलिबलतर्फ सर्वोत्कृष्ट छात्रा र छात्र जनता नमुनाका शान्ति पौडेल र बसन्त पोखरेल भए । छात्रतर्फ भलिबलमा जनता नमुना प्रथम, गुराँस चाइल्डहुड एकेडेमी द्वितीय र ज्ञानोदय नमुना तृत्तीय भयो ।
छात्रा एथ्लेटिक्सतर्फ पनि जनता नमुना प्रथम, आदर्श मावि द्वित्तीय र ज्ञानोदय नमुना तृत्तीय भयो । छात्र एथ्लेटिक्सतर्फ ज्ञानोलय नमुना प्रथम, जनता नमुना द्वित्तीय र आदर्श मावि तृत्तीय भयो ।
छात्रा कबड्डीतर्फ ज्ञानोदय नमुना प्रथम भयो । त्यस्तै जनता नमुना द्वित्तीय र जनसेवा मावि पुरैना तृत्तीय भयो । छात्र कबड्डीमा जनता मावि बठवा प्रथम भयो भने नेरा मावि मनकामनापुर द्वित्तीय र आदर्श मावि तृत्तीय भयो । अनुशासित टिमबाट योगिनी मावि गौघाट पुरस्कृत भयो ।
छात्रातर्फ ३ हजार मिटर दौडमा जनकल्याण मावि बद्रिपुरका जानका राना प्रथम भइन् । त्यस्तै जनता नमुनाकी करुणा सुनार द्वित्तीय र ज्ञानोदय नमुना माविकी करिष्मा चन्द तृत्तीय भइन् ।
छात्रातर्फ २ सय मिटर दौडमा जनता नमुनाकी शान्ति पौडेल प्रथम, आदर्श माविकी तुल्सी कुमारी सुनार द्वित्तीय र जनकल्याण माविकी जानका राना तृत्तीय भइन् । छात्रातर्फको ४ सय मिटरको रिले दौडमा ज्ञानोदय नमुना प्रथम भयो । साथै जनता नमुना द्वित्तीय र आदर्श मावि तृत्तीय भयो ।
प्रतियोगितमा विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख सूर्य बहादुर खत्रीलगायतले पुरस्कृत गरे ।
कार्यक्रममा प्रमुख अतिथि श्रीवास्तवले खेलकुद राष्ट्र र स्वास्थ्यको लागि महत्वपूर्ण रहेको बताए । उनले प्रतियोगिताको माध्यामबाट खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए । श्रीवास्तवले कार्यक्रममा खजुराबाट अन्यत्र सारिन लागिएको प्रादेशिक विश्वविद्यालयका बारेमा सबैले मिलेर संघर्ष गर्नु पर्ने बताए । उनले विश्वविद्यालयका लागि आफू आन्दोलन गर्नसमेत पछि नहट्ने बताए ।
प्रमुख जिल्ला अधिकारी खत्रीले कार्यक्रम भव्यताका साथ सफल भएको बताए । उनले यस्ता किसिमका प्रतियोगिताबाट बालबालिकाको वौद्धिक क्षमता, खेलप्रतिको चाहना बढ्दै जाने बताए ।
अध्यक्ष कक्षपतिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गर्दै खजुरामा निरन्तर रनिङ शिल्ड प्रतियोगिता भई रहने बताए । उनले प्रतियोगिताको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरका खेलाडी जन्माउन सकिने बताए ।
साथै कक्षपतिले विश्वविद्यालय खजुरामा स्थापना गर्नको लागिसंघर्ष गर्ने बताए । त्यसैगरी प्रतियोगितामा पाँचौ रनिङ शिल्ड आदर्श प्रावि ‘डि’ गाउँमा सञ्चालन गर्ने निर्णयसमेत भएको छ । प्रतियोगितामा उपस्थित विद्यालयका प्रअहरुले सो निर्णय गरेका हुन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’