बन्द प्रशिक्षणमा ब्यस्त लुम्बिनीका महिला क्रिकेटर


बन्द प्रशिक्षणमा ब्यस्त लुम्बिनीका महिला क्रिकेटर

तस्विर : क्यान लुम्बनी र कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाको फेसबुकबाट ।

नेपालगन्ज १ चैत्र : नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझासँगै रहेको मैदानमा लुम्बिनी र कर्णाली प्रदेशका यु–१९ का महिला क्रिकेट खेलाडीको बन्द प्रशिक्षण शुरु गरिएको छ ।

आगामी चैत ६ देखी ११ गते सम्म सुदूरपश्चिमको धनगढीमा हुने अण्डर–१९ महिला क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी र कर्णाली प्रदेशका क्रिकेटरको बन्द प्रशिक्षण शुरु गरिएको हो । उक्त प्रतियोगितामा सात प्रदेशका टिमले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल क्रिकेट संघ (क्यान) लुम्बनी र कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाका अनुसार लुम्बिनीका बाँके, दाङ, रुपन्देही र नवलपरासीका २४ जना खेलाडी बन्द प्रशिक्षणमा छन् । बन्द प्रशिक्षणमा रहेका २४ मध्येबाट १४ जना छनोट गरिने छ । प्रशिक्षक दीपेन्द्रप्रताप सिंहले किशोरीलाई प्रशिक्षण दिइरहेका छन् । कर्णाली प्रदेशका खेलाडी केहि दिनमै बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

धनगढीमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य सहित अहिले कर्णाली र लुम्बिनीको संयुक्त टोली अभ्यासमा व्यस्त छ । उनले भने,‘प्रशिक्षण फागुनको अन्तिम सातादेखी शुरु भएको छ । अहिले हामीले नेपालगन्जका दुई स्थानमा प्रशिक्षण राखेका छौं ।’

Kids Festival 2022
kanti aarogya hospital
add

महिला खेलाडीको प्रशिक्षणमा नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की र सिद्धान्तजंग शाहीले सञ्चालन गरेको ज्योती एकेडेमा प्रशिक्षण भइरहेको अध्यक्ष थापाले बताए ।

थापाले फिल्डिङ र म्याच अभ्यास राँझा र नेट अभ्यास ज्योति एकेडेमीमा भइरहेको जानकारी दिए । बन्द प्रशिक्षणमा रहेका २४ जनाका बीचमा चैत १ र २ गते अभ्यास म्याच हुने र त्यहाँबाट लुम्बिनीका १४ जना खेलाडी छनोट हुने अध्यक्ष थापाले बताए ।