न्यू डाँफले जित्यो बाँके जिल्ला लिग फुटबलको उपाधि


न्यू डाँफले जित्यो बाँके जिल्ला लिग फुटबलको उपाधि

नेपालगन्ज १ चैत : न्यू डाँफे स्पोर्टस क्लबले बाँके जिल्ला लिग फुटबलको उपाधि जितेको छ । नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा न्यू डाँफेले युनाइटेड युथ क्लबलाई ३–१ ले हरायो ।

न्यू डाँफेको तर्फबाट बिमल बस्नेतले २ गोल र प्रेम सुनारले १ गोल गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका बिमलले खेलको २३औं र ५७औं मिनेटमा गोल गरेका थिए ।

न्यू डाँफेका प्रेम सुनारले ७१औं मिनेटमा गोल गरे । युनाइटेडका लागि विभुषण केसीले पहिलो हाफको इन्जुरी समयमा (४१औं मिनेट) गोल गरेका थिए ।

विजेता न्यू डाँफेले ३१हजार नगर, मेडल, ट्रफी र प्रमाणपत्र तथा उप–विजेता युनाइटेडले २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

विजयी खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिका मेयर डा. धवल समशेर राणा, उप–मेयर उमा थापामगर, भैरव प्रसाद गण इमाम नगर ब्यारेक राझाँका गणपति प्रमुख सेनाली जनमत कार्की, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहित शाह, बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजित राज भण्डारी, लुम्बिनी प्रदेश खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, नेपाल उद्योग वाणिज्य संघका निर्वतमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बाँके बर्दिया मैत्री समाजका उपाध्यक्ष बिनोद ओली लगायतले पुरस्कृत गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको जिल्ला लिगमा बाँकेका ११ क्लबले भाग लिएका थिए । जिल्ला लिगको विजेता न्यू डाँफेले लुम्बिनी प्रदेश स्तरको लिग फुटबलमा बाँकेको प्रतिनिधित्व गर्नेछ ।