विश्वको सर्वाधिक खुसी देश फिनल्याण्ड, दक्षिण एसियामा नेपाल


विश्वको सर्वाधिक खुसी देश फिनल्याण्ड, दक्षिण एसियामा नेपाल

काठमाडौं ५ चैत्र : संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्याण्ड सर्वाधिक खुसी राष्ट्रका रूपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ ।

दक्षिण एसियाली मुलुकमा नेपाल ८५ औं स्थानमा रहेको छ भने भारत १३६ औं स्थानमा पुगेको छ । गत वर्ष भारत १३९ औं स्थानमा थियो । दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९ औं र पाकिस्तान १०३ औं नम्बरमा पुगेको छ ।

सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औं नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रूपमा प्रतिवेदनमा चित्रण गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

फिनल्याण्डपछि डेनमार्क, आइसल्याण्ड, स्विटजरल्याण्ड, नेदरल्याण्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्याण्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन् । -रासस