राखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन
काडमाण्डौं ७ चैत्र : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन गरेका हुन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री अथकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिए । मन्त्रालयले कार्यविधि बनाएर प्रतियोगिता सञ्चालनको प्रक्रिया सुरु गरेको बताउँदै मन्त्री अथकले आगामी जेठको १५ भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी युद्धस्तरमा तयारी थाल्न आग्रह गरे ।
जेठ १५ गतेसम्म राष्ट्रिय प्रतियोगिता सम्पन्न भए त्यस लगत्तै एशियन गेमको तयारीका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी युद्धस्तरको तयारीमा लाग्ने योजनामा रहेको मन्त्री अथकले बताए ।
अदालतका कारण थुप्रै कठिनाईहरुको सामना गर्नुपरिरहेको तर्फ ईगिंत गर्दैै मन्त्री अथकले त्यसलाई चिरेर मन्त्रालय अघि बढ्न प्रतिवद्ध रहेको समेत प्रष्ट पारे ।
कर्मचारीहरुबाटै राखेपको नेतृत्व गर्ने अवस्था सृजना हुनु आफैमा सकारात्मक पक्ष रहेकाले उक्त अवसरलाई प्रयाप्त मात्रामा सदुपयोग गर्न समेत मन्त्री अथकले सुझाव दिए ।
आगामी दिनमा कर्मचारीहरुभित्र बाटै राखेपले नेतृत्व पाउने गरी ऐन संसोधनका लागि पहल भईरहेको समेत उनले जानकारी दिए ।
‘तपाईहरु भित्रबाटै नेतृत्व छनोट हुने गरी छलफल चलाएका छौं’, कर्मचारीहरुको हौसला बढाउँदै मन्त्रीअ थकले भने, ‘कार्यकारी पदमा पुग्ने उद्देश्य राखेर निरन्तर काम गर्दै जानुहोस् ।’
राज्यले खेललाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको मन्त्री अथकको गुनासो थियो । खेल क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । जनसम्बन्धको भरपर्दो माध्यमका रुपमा समेत रहेको खेल क्षेत्रको विकासमा राज्यले उचित ध्यान दिनुपर्ने बताउँदै मन्त्री अथकले आगामी आर्थिक वर्षमा खेल क्षेत्रको बजेट बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग निरन्तर संवाद भईरहेको जानकारी दिए ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन