नेपालगन्ज १० चैत्र : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर युवाको शव फेला परेकोछ ।
प्लाष्टिकले बेरेको अवस्थामा बिहीबार विहान युवाको शव फेला परेको हो ।
राँझा स्थित नेपालगन्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर बताइएका बालकृष्ण ओलीको शव फेला परेको हो ।
३० वर्षीय ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन । फेला परेको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको र अनुसन्धान अघि बढाइएको बाँके प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग