नेपालगन्ज विमानस्थलको पूर्वतर्फ युवाको शव, अनुसन्धानमा जुट्यो प्रहरी


नेपालगन्ज विमानस्थलको पूर्वतर्फ युवाको शव, अनुसन्धानमा जुट्यो प्रहरी

नेपालगन्ज १० चैत्र : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर युवाको शव फेला परेकोछ ।

प्लाष्टिकले बेरेको अवस्थामा बिहीबार विहान युवाको शव फेला परेको हो ।

राँझा स्थित नेपालगन्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर बताइएका बालकृष्ण ओलीको शव फेला परेको हो ।

३० वर्षीय ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन । फेला परेको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको र अनुसन्धान अघि बढाइएको बाँके प्रहरी प्रवक्ता न्यौपानेले बताए ।