अण्डर–१९ महिला क्रिकेट प्रतियोगिता : कर्णाली इतिहासमै पहिलो पटक फाइनलमा


अण्डर–१९ महिला क्रिकेट प्रतियोगिता : कर्णाली इतिहासमै पहिलो पटक फाइनलमा

तस्विर : क्यान लुम्बनी र कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाको फेसबुकबाट ।

नेपालगन्ज १० चैत्र : कर्णाली प्रदेश धनगढीमा जारी यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।

समूह ‘ए’ को अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेपनि नेट रन रेटको कारण कर्णाली इतिहास कै पहिलो पटक फाइनलमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) लुम्बनी र कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार कर्णाली यसअघि कुनैपनि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता फाइनलमा पुग्न सकेको थिएन । कर्णाली र सुदूरपश्चिमको समान ४ अंक भएपनि नेट रन रेटको कारण समूह ‘ए’ बाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न सफल भयो ।

यसअघि समूह ‘बी’ बाट गण्डकी प्रदेश शीर्ष स्थानमा रहँदै फाइनलमा पुगि सकेको छ । उपाधिको लागि कर्णाली र गण्डकी प्रदेशबीच भोली शुक्रबार प्रतिस्पर्धा हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

टस जितेर पहिला ब्याटिङ थालेको बागमती १८.३ ओभरमा ८२ रनमा अल आउट भयो । बागमतीकी हेलिसा गुरुङले २५ बलमा ३ चौकासहित २२ रन, कृष्मा गुरुङ १४ र विपिशा शाहीले ११ रन बनाइन् । सुदूरपश्चिमकी स्नेहा महरा, अनु कडायत र यशु पाण्डेले २–२ विकेट लिए । सावित्री धामी र मनिषा चौधरीको नाममा १–१ विकेट रह्यो ।

८३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ११ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सावित्री धामीले २४ बलमा ३ चौकासहित २३ रन बनाइन् । यशोदा विष्ट ११ बलमा २ चौकासहित १८ रनमा अविजित रहिन् । अनु ९, यशु पाण्डे १० र स्नेहा महरा ६ रन बनाइन् । कर्णाली ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रह्यो ।

सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हार सहित नेटरनरेटका कारण दोस्रो स्थानमा रह्यो । कर्णालीले सुदूरपश्चिमलाई ३४ रन र बागमतीलाई ९ विकेटले पराजित गरेको थियो ।

लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजित भएको थियो । समूह ‘बी’ मा शीर्ष स्थानमा रहेको गण्डकीले प्रदेश १ लाई १५ रन र मधेश प्रदेशलाई २० रनले पराजित भएको थियो ।

यसअघि बाँके स्थित नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझासँगै रहेको मैदानमा लुम्बिनी र कर्णाली प्रदेशका यु–१९ का महिला क्रिकेट खेलाडीले बन्द प्रशिक्षण लिएका थिए ।

धनगढीमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य सहित कर्णाली र लुम्बिनीको संयुक्त टोलीको अभ्यास गराइएको अध्यक्ष थापाले बताए । थापाका अनुसार फिल्डिङ र म्याच अभ्यास राँझा र नेट अभ्यास नेपालगन्जको धम्बोझी स्थित ज्योति एकेडेमीमा गराइएको थियो ।

थप समाचार

बन्द प्रशिक्षणमा ब्यस्त लुम्बिनीका महिला क्रिकेटर