नेपालगन्ज ११ चैत्र : आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार भारतीय टिम हरियाणा स्पोर्ट्स क्लब र नेपालको न्यू डायमण्ड एकेडेमीले जित हासिल गरेका छन् ।
नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा हरियाणाले नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६ र १५–१३ अंकले पुलिसलाई हरायो ।
पुलिसकी कोपिला राना प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई एन्फाका पुर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, क्षेत्रीय खेलकुद कार्यालय प्रमुख महेश शाह, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पुरस्कृत गरे ।
पहिले लगातार दुई सेट गुमाएको हरियाणाले तेस्रो सेटदेखि लय समात्न सफल भभएको थियो । रेलवे टिमका खेलाडी सम्मिलित हरियाणाले पुलिस विरुद्ध जित निकाल्न निकै मेहनत गरेको थियो ।
खेलपछि हरियाणाका प्रशिक्षक सुरेन्द्र सिंहले च्याम्पियन बन्ने उद्देश्यका साथ नेपालगन्ज आएको बताए । सुरुमा तालमेल मिल्न गाह्रो भएपनि तेस्रो सेटदेखि खेलाडीहरु आफ्नो लयमा फर्कन सफल भएको उनले बताए । पुलिसका प्रशिक्षक रुपेश बिष्टले खेलाडीको प्रदर्शनमा आफु सन्तुष्ट रहेको बताए ।
त्यसैगरी दोस्रो खेलमा न्यू डायमण्ड एकेडेमीले भारतीय टिम एकलब्य स्पोर्ट् कम्प्लेक्स (छत्तीसगढ)लाई ३–० सेटले पराजित गरेको छ ।
पुलिसले २५–१२, २५–८, र २५–५ ले पराजित गरेको हो । न्यू डायमण्ड एकेडेमीकी रीमा कुवँर प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई पुर्व खेलाडी निरक गुरुङ, इसाका अध्यक्ष डिबी तामाङ र पत्रकार महासंघ उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरे ।
लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको तेस्रो दिन शनिवार लिग चरणको अन्तिम खेल लुम्बिनी युनाइडेड विरुद्ध हरियाणा स्पोटर््स क्लब तथा त्रिभुवन आर्मी क्लब विरुद्ध एकलब्य स्पोटर््स कम्प्लेक्सले खेल्नेछ ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इण्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यसपटक एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।
थप समाचार
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा