हरियाणा र न्यू डायमण्डको जित


हरियाणा र न्यू डायमण्डको जित

नेपालगन्ज ११ चैत्र : आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार भारतीय टिम हरियाणा स्पोर्ट्स क्लब र नेपालको न्यू डायमण्ड एकेडेमीले जित हासिल गरेका छन् ।

नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा हरियाणाले नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६ र १५–१३ अंकले पुलिसलाई हरायो ।

पुलिसकी कोपिला राना प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई एन्फाका पुर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, क्षेत्रीय खेलकुद कार्यालय प्रमुख महेश शाह, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पुरस्कृत गरे ।

पहिले लगातार दुई सेट गुमाएको हरियाणाले तेस्रो सेटदेखि लय समात्न सफल भभएको थियो । रेलवे टिमका खेलाडी सम्मिलित हरियाणाले पुलिस विरुद्ध जित निकाल्न निकै मेहनत गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

खेलपछि हरियाणाका प्रशिक्षक सुरेन्द्र सिंहले च्याम्पियन बन्ने उद्देश्यका साथ नेपालगन्ज आएको बताए । सुरुमा तालमेल मिल्न गाह्रो भएपनि तेस्रो सेटदेखि खेलाडीहरु आफ्नो लयमा फर्कन सफल भएको उनले बताए । पुलिसका प्रशिक्षक रुपेश बिष्टले खेलाडीको प्रदर्शनमा आफु सन्तुष्ट रहेको बताए ।

त्यसैगरी दोस्रो खेलमा न्यू डायमण्ड एकेडेमीले भारतीय टिम एकलब्य स्पोर्ट् कम्प्लेक्स (छत्तीसगढ)लाई ३–० सेटले पराजित गरेको छ ।

पुलिसले २५–१२, २५–८, र २५–५ ले पराजित गरेको हो । न्यू डायमण्ड एकेडेमीकी रीमा कुवँर प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई पुर्व खेलाडी निरक गुरुङ, इसाका अध्यक्ष डिबी तामाङ र पत्रकार महासंघ उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरे ।

लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको तेस्रो दिन शनिवार लिग चरणको अन्तिम खेल लुम्बिनी युनाइडेड विरुद्ध हरियाणा स्पोटर््स क्लब तथा त्रिभुवन आर्मी क्लब विरुद्ध एकलब्य स्पोटर््स कम्प्लेक्सले खेल्नेछ ।

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इण्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यसपटक एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।

थप समाचार

पुलिस र आर्मीको विजयी शुरुवात