File Photo
नेपालगन्ज १३ चैत्र : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी बाँकेमा खुला गरिएकोे म्यादी प्रहरीमा कोटा भन्दा ४११६ बढिले आवेदन दिएकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डीएसपी मधुसुदन न्यौपानेका अनुसार जिल्लामा कुल १६८६ जनाको कोटा निर्धारण गरिएपनि कोटाभन्दा बढि ४११६ जनाले आवेदन दिएकाहुन् ।
म्यादी प्रहरीका लागि यही चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन खुला गरिएको थियो । ६ दिनमा कुल ५ हजार ८०२ जनाले फाराम भरेको न्यौपानेले जानकारी दिए ।
१८ वर्ष पुरा भएका ५४ वर्ष ननाघेका नागरिकले म्यादीमा आवेदन दिएकाछन् । तर, म्यादी प्रहरी र भूतपूर्व सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको डिएसपी न्यौपानेले बताए ।
उनका अनुसार यही चैत्र १५ गतेबाट म्यादी प्रहरी छनोट शुरु हुनेछ । यसको अन्तिम नतिजा चैत्र २२ गते प्रकाशन गरिनेछ । छनोट हुनेलाई चैत्र २८ गतेबाट एक साता तालिम दिएर खटाइनेछ ।
म्यादी प्रहरी हुन गृहिनीदेखि स्नातकसम्म पढेकाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा ४० दिने जागिरका लागि तँछाडमछाड गरेर उनीहरुले फाराम भरेका थिए । रोजगारीका लागि ठूलो भीड भएपछि प्रहरीले टोकन प्रणालीबाट फाराम संकलन गरेको थियो ।
निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यावधि बढीमा ४० दिनको तोकिएको छ भने उनीहरूको तलब नेपाल प्रहरीको जवान सरह अर्थात् आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ ।
४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ तथा खाद्यान्न बापत ७ हजार २ सय, पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार गरी कुल ४४ हजार ४ सय ४० रुपैयाँ प्राप्त गर्नेछन् ।
यसरी थोरै समय भएपनि रोजगार बन्न पाउने आशाले पनि म्यादी प्रहरीमा भर्ना हुन चाहनेको संख्या उच्च रहेको बाँके प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
न्यौपानेका अनुसार बाँकेमा १३६ वटा मतदान केन्द्र र करिब ६९ किमि खुला सीमामा सुरक्षाका लागि आवश्यक जनशक्ति पुरा गर्न म्यादी प्रहरी खटाइनेछ ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’