File Photo
नेपालगन्ज १६ चैत्र : आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले हातहतियार बुझाउन निर्देशन दिएकोछ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाँके प्रशासनले यस्तो निर्देशन दिएको हो ।
स्थानीय तहको निर्वाचन भयरहित र विश्वसनीय बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले वैध तथा अवैध हातहतियार निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिसकेको बताउँदै प्रजिअ खत्रीले जिल्लामा इजाजत प्राप्त र बिना इजाजतका हातहतियार नजिकैको प्रहरी ईकाइहरुमा चैत्र मसान्तभित्र स्वतःस्फूर्त रूपमा बुझाउन निर्देशन दिएको बताए ।
प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार इजाजत पाएर र बिना इजाजतका अवैध रूपमा राखिएका हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन सकिने छ ।
निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानूनबमोजिम कारबाही गरिने बाँके प्रशासनले जनाएको छ ।
‘हामीले सूचना जारी गरि आफूलाई पाएक पर्ने प्रहरी मातहतका कुनै पनि इकाइमा बुझाउन आग्रह गरेकाछौं,’ सेतोखरीसंग कुरा गर्दै प्रजिअ खत्रीले अगाडी थपे–‘निर्वाचनका समयमा वैद्य तथा अवैद्य हतियारको दुरुपयोग हुनसक्छ । त्यही अनुसार सूचना सर्कुलर गरेकाछौं । समय अवधिभित्र नबुझाए भेटिए कारबाही गरिनेछ ।’
प्रजिअ खत्रीले सेतोखरीलाई भने ‘इजाजत प्राप्त हातहतियार स्थानीय तहको निर्वाचनपछि इजाजत प्राप्त ब्यक्तिलाई फिर्ता गरिने छ । बिना इजाजत तोकिएको समयमा हातहतियार नबुझाएमा खानतलासी गरेर कारबाही गरिनेछ ।’
निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन वैध र अवैध सबै प्रकारका हतियार सूचना जारी गर्दै बुझाउन लगाइएको प्रजिअ खत्रीले बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’