गुलरिया नगरपालिकाका उपप्रमुख सहित अन्य एमालेमा प्रबेश


गुलरिया नगरपालिकाका उपप्रमुख सहित अन्य एमालेमा प्रबेश

गुलरिया(बर्दिया) २४ चैत्र : नेपाली काँग्रेसबाट निर्वाचित गुलरिया नगरपालिकाका उपप्रमुख शुसीला गिरी लगाएतका दर्जन बढि नेकपा एमालेमा प्रबेश गरेकाछन् ।

नेकपा एकिकृत समाजबादी बाँकेको पिल्लर ढालेर बर्दिया पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्दियाको गुलरियामा आयोजित कार्यक्रममा उनीहरुलाई एमालेमा प्रवेश गराएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीले काँग्रेसबाट उपप्रमुख भएकी गिरी लगयात काँग्रेसबाटै गुलरिया नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष निरज शर्मा तथा नेकपा एकिकृत समाजबादी पार्टीका गुलरिया नगर कमिटि अध्यक्ष चन्द्रा चन्दलाई समेत नेकपा एमालेमा प्रबेश गराएकाछन् ।

नेकपा एमालेको भातृ संगठन नेपाल भूमीहिन सुकुम्वासी संगठनको प्रथम केन्द्रिय महाधिबेशनको उद्घाटन गर्न बर्दियाको गुलरिया पुगेका ओलीले केहि राजनितिक दलहरुले गठबन्धन गरे पनि त्यो धेरै समयसम्म नटिक्ने बताउदै एमालेको क्रेजका कारण अन्य पार्टीलाई डर लागी रहेको बताए ।

अध्यक्ष ओलीले परामादेशको सरकारलाई नेपाली जनताले परास्त गर्ने बताउँदै अब जनताको सरकार बन्ने र त्यसको नेतृत्व नेकपा एमालेले गर्ने दावि गरे ।