वडा प्रहरी नेपालगन्जका इन्चार्ज खड्काको सरुवा

बाँकेका यी प्रहरी निरीक्षकको सरूवा, को कहाँ पुगे ?(विस्तृत)


वडा प्रहरी नेपालगन्जका इन्चार्ज खड्काको सरुवा

File Photo

नेपालगन्ज २५ चैत्र : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको सरुवा भएकोछ । उनको महानगरीय प्रहरी परिसर काठमाण्डौंमा सरुवा भएको हो । महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रहरी निरीक्षक दीपेश बस्यालको सरुवा हुँदा नेपालगन्जका खड्का त्यहाँ जाँदैछन् ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक खड्काको ठाउँमा ईलाका प्रहरी कार्यालय मौलापुर, रौतहटका प्रहरी निरीक्षक रिपेन्द्र कुमारको सरुवा भएकोछ । योसंगै वडा प्रहरी कार्यालय नेपालगन्जका जिम्मेवारी रिपेन्द्रले सम्हाल्नेछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका राजु भण्डारीको जिल्ला प्रहरी कार्यालय महोत्तरी अपराध अनुसन्धान समूहमा सरुवा भएकोछ । भने त्यहाँ सुनिल धाँजु रहेका थिए ।

जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी निरीक्षक ईश्वर देव गिरीको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, नेपालगन्जमा सरुवा भएकोछ । यहाँ रमेश विष्ट रहेका थिए । ईश्वरदेवका ठाउँमा चक्रबहादुर डम्बरपाल आएकाछन् । यसअघि उनी ईलाका प्रहरी कार्यालय रन्यौरा, रुपन्देहीमा थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै ईलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेका बसन्त गौतमको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगाल वा मातहतमा रहने गरि सरुवा भएकोछ ।

निर्वाचन आयोगले आचारसंहिता लगाउने तयारी गरेको दिन नै ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ६७३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ ।
चैत २४ गतेको प्रहरी महानिरीक्षकको निर्णयले उनीहरूले सरुवा गरिएको उल्लेख छ ।

आउँदो वैशाख महिनाको तलब, भत्ता हाल सरुवा भएको ठाउँबाट नै पाउने गरि उनीहरूको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले शुक्रबार गरेको सरुवामा बाँकेका ईलाका प्रहरी कार्यालय चिसापानी बाँकेका प्रहरी निरीक्षक नरेश विकको जिल्ला प्रहरी कार्यालय दैलेख सरुवा भएको छ । यसअघि त्यहाँ राजेश कुमार तेली रहेका थिए ।

यस्तै कर्णाली प्रदेश दंगा नियन्त्रण गाण प्रहरी गुल्म नम्बर–३, खजुरा बाँकेका प्रहरी निरीक्षक निरोज चौलागाईको ईलाका प्रहरी कार्यालय खन, अर्घखाँचीमा सरुवा भएको छ । यसअघि त्यहाँ चुडामणी पुन रहेका थिए ।

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण गुल्म नम्बर–४ कोहलपुर बाँकेका प्रहरी निरीक्षक बजिर सिंह विष्टको सशस्त्र प्रहरी गुल्म सुर्खेत सरुवा भएको छ । त्यहाँ कलेन्द्र विक्रम शाही रहेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक बिजय कुँवरको ईलाका प्रहरी कार्यालय हरिपुर, सर्लाही सरुवा भएकोछ । यसअअघि त्यहाँ बेदबहादुर पौडेल रहेका थिए ।

यसैगरी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जका प्रहरी निरीक्षक रमेश विष्टको ईलाका प्रहरी कार्यालय भानु, तनहुँमा सरुवा भएको छ । यसअघि त्यहाँ प्रकाश भुसाल रहेका थिए ।

ईलाका प्रहरी कार्यालय धनौली, खजुरा बाँकेका वसन्त आचार्यको महानगरीय प्रहरी वृत कालीमाटी, काठमाण्डौं सरुवा भएको छ । यसअघि त्यहाँ मनोज कुमार यादव रहेका थिए ।

यस्तै कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण मुख्यालय खजुरा, बाँकेका सशिधर शर्माको ईलाका प्रहरी कार्यालय गोरुसिंगे, कपिलबस्तु सरुवा भएकोछ । त्यहाँ लिलाराम आचार्य रहेका थिए ।

ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका होमप्रकाश चौधरीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएकोछ । यसअघि त्यहाँ नवचन्द्र मल्ल रहेका थिए ।

यसैगरी, लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुर, बाँकेका प्रहरी निरीक्षक होमनाथ रेग्मीको ईलाका प्रहरी कार्यालय ठाडा, अर्घाखाँची सरुवा भएको छ । त्यहाँ सन्दिप वेल्वासे रहेका थिए ।

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण गुल्म नम्बर– १, कोहलपुरका गिताप्रसाद चौधरीको जिल्ला प्रहरी कार्यालय हुम्लामा सरुवा भएकोछ । यहाँ दानसिंह भण्डारी रहेका थिए ।

बाँकेमा को कहाँ आउने

महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यररत मोहन विक्रम केसी ईलाका प्रहरी कार्यालय चिसापानी बाँकेमा सरुवा भएकोछ ।

यस्तै महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबार काठमाण्डोंका यज्ञराज जोशीको कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नम्बर– १,(सुर्खेत), खजुरा बाँके सरुवा भएकोछ ।

त्यसैगरी महानगरीय प्रहरी वृत्त मालिगाउँ, काठमाण्डौका वीरबहादुर सुनारको ईलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा सरुवा भएकोछ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ, अन्वेषण योजनाका गणेश खनालको लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण गुल्म नम्बर–१ कोहलपुर सरुवा भएकोछ ।

महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाण्डौं, अपराध नियन्त्रण शाखामा कार्यरत गणेश प्रसाद जैशी कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नम्बर–३ खजुरा बाँकेमा सरुवा भएकोछ ।

यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा कार्यरत नवचन्द्र मल्लको ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा सरुवा भएकोछ ।

ईलाका प्रहरी कार्यालय बेल्टारी, पश्चिम नवलपरासीमा रहेका प्रकाश बहादुर सिंहको लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुरमा सरुवा भएकोछ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा कार्यरत प्रेम प्रसाद रेग्मीको ईलाका प्रहरी कार्यालय धनौली खजुरामा सरुवा भएको छ ।