नेपालगन्ज–कोहलपुर सडकखण्डमा दुर्घटना, स्कुटरमा सवार दुई जना गम्भीर घाईते


नेपालगन्ज–कोहलपुर सडकखण्डमा दुर्घटना, स्कुटरमा सवार दुई जना गम्भीर घाईते

दुर्घटनामा परेको स्कुटर र घाइते । तस्विर:विजय मल्ल /सेतोखरी

नेपालगन्ज २७ चैत्र : नेपालगन्ज–कोहलपुर सडकखण्डमा भयानक स्कुटर दुर्घटना भएकोछ ।

कोहलपुरदेखि नेपालगन्ज आइरहेको बा ५७ प ६६०८ स्कुटर दुर्घटन हुदाँ स्कुटरमा सवार दुईजना गम्भीर घाईते भएकाछन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार जानकी गाउँपालिकाको वण्डरल्याण्ड फनपार्क नजिक उक्त स्कुटर दुर्घटनामा परेको हो ।

वण्डरल्याण्ड नजिक भएको सडक दुर्घटनामा घाइते भएका । तस्विर : विजय मल्ल /सेतोखरी

तिब्र गतिमा रहेको स्कुटर सडकमा रहेको सानो ढुङ्गाका कारण अनियन्त्रित हुन पुगि स्कुटर सडक डिभाइडरमा ठोक्किन पुग्दा दुर्घटना भएको इप्रका कोहलपुर प्रमुख मल्लले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

मल्लका अनुसार विहान सवा १० बजेको समयमा भएको दुर्घटनामा उक्त स्कुटरमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका हुन् । गम्भीर घाइते भएका दुबैजनालाई भे १ ज १२५६ नम्बरको माइक्रोबसमा राखेर नेपालगन्ज मेडिकल कलेज लगिएकोछ ।

वण्डरल्याण्ड नजिक भएको सडक दुर्घटनामा घाइतेलाई उपचारका लागि माइक्रोमा राखेर अस्पताल लगिदैँ । तस्विर: विजय मल्ल /सेतोखरी

स्कुटरमा सवार दुवैजनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार थप विवरण आउन बाँकी रहेकोछ ।