दुर्घटनामा परेको स्कुटर र घाइते । तस्विर:विजय मल्ल /सेतोखरी
नेपालगन्ज २७ चैत्र : नेपालगन्ज–कोहलपुर सडकखण्डमा भयानक स्कुटर दुर्घटना भएकोछ ।
कोहलपुरदेखि नेपालगन्ज आइरहेको बा ५७ प ६६०८ स्कुटर दुर्घटन हुदाँ स्कुटरमा सवार दुईजना गम्भीर घाईते भएकाछन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार जानकी गाउँपालिकाको वण्डरल्याण्ड फनपार्क नजिक उक्त स्कुटर दुर्घटनामा परेको हो ।
तिब्र गतिमा रहेको स्कुटर सडकमा रहेको सानो ढुङ्गाका कारण अनियन्त्रित हुन पुगि स्कुटर सडक डिभाइडरमा ठोक्किन पुग्दा दुर्घटना भएको इप्रका कोहलपुर प्रमुख मल्लले जानकारी दिए ।
मल्लका अनुसार विहान सवा १० बजेको समयमा भएको दुर्घटनामा उक्त स्कुटरमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका हुन् । गम्भीर घाइते भएका दुबैजनालाई भे १ ज १२५६ नम्बरको माइक्रोबसमा राखेर नेपालगन्ज मेडिकल कलेज लगिएकोछ ।
स्कुटरमा सवार दुवैजनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार थप विवरण आउन बाँकी रहेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’