जनताको शान्ति सुरक्षासंगै अपराध निस्तेजमा कटिबद्ध छु : डिएसपी मल्ल


जनताको शान्ति सुरक्षासंगै अपराध निस्तेजमा कटिबद्ध छु : डिएसपी मल्ल

कोहलपुर २७ चैत्र : ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जनताको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा आफू प्रतिबद्ध रहेको बताएकाछन् । नेपाल प्रहरीको डिएसपीमा बढुवा भएलगत्तै बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेका मल्लले यस्तो बताएका हुन् ।

आईतबार इलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा प्रहरी नायब उपरीक्षक मल्लले कुनैपनि घटना हुन नदिन आफू र आफ्नो टिम कटिबद्ध भएको बताउँदै अपराध र अपराधीलाई निस्तेज पार्न अनवरत खट्ने बताए ।

‘प्रहरीको सद्भाव, शान्ति, सुरक्षा र अपराध नियन्त्रण गरेर भयमुक्त समाज निर्माणको जिम्मेवारी हो, यसमा आफ्नो दक्षता, कुशलता र अनुभवका साथ विचलित नहुँदै अघि बढ्नेछु’ प्रहरी नायब उपरीक्षक मल्लले पत्रकारसंगको भेटमा आफ्नो धारणा राख्दै भने–‘ आफ्नो कार्यकालमा कोहलपुरका स्थानीयले अनुभुती गर्ने गरी प्रहरीले नागरिक सेवा प्रदान गर्ने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कुनै कसर बाँकी नराख्नेछ ।’

बाँकेमा यसअघि वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला ट्राफिक प्रहरी प्रमुखको रुपमा कार्य गरिसकेका मल्ल अपराध अनुसन्धान, ट्राफिक ब्यवस्थापनमा अनुभवी एवम कुसल प्रहरीका रुपमा परिचित छन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘कोहलपुर क्षेत्रमा समस्याको रुपमा देखापरेका चोरी डकैती, लुटपात, हत्या, लागुऔषध दुर्व्यशन जस्ता अपराधिक गतिविधि र सडक दुर्घटना नियन्त्रण गर्न विशेष योजना बनाइनेछ’ मल्लले अगाडी थपे–‘प्रहरीले एक्लै चाहेर पनि सबै कुरा नहुने हुँदा यसमा सबैको साथ र सहयोग आवश्यक छ । यसमा नागरिक कर्तब्य समेत जोडिन्छ ।’

पत्रकार भेटघाटमा पत्रकारले राखेका जिज्ञासा मेटाउँदै प्रहरी नायब उपरीक्षक मल्लले भने–‘बेलाबखत प्रहरीमाथि आइपर्ने विभिन्न आरोपलाई निस्तेज पार्दै, सुशासन, ब्यवहारिक र नागरिकलाइ अनावश्यक दुःख दिने तथा अपराधी उम्कने र पीडितले न्याय नपाउने वातावरण बन्ने छैन ।’

कोहलपुर क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनका लागि आवश्यक समन्वकारी भूमिका निर्वाह गर्दै जाने उनले जोड दिए ।

जनशक्ति र स्रोत साधनको अभावकाबीच नागरिकलाई सेवा प्रदान गरिरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले महिला तथा बालमैत्री वातावरणमा प्रहरी मेरो साथी भन्ने ध्ययेलाई आत्मसाथ गरि अघि बढ्ने मल्लले बताए ।
आसन्न निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै सम्भावित सुरक्षा संवेदनशीलतालाई गम्भीररुपमा लिएको बताउँदै प्रहरी नायब उपरीक्षक मल्लले यस कार्यमा राजनितिक दल, उद्योगी व्यवसायी, जनप्रतिनिधी र स्थानीयबासीको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

पत्रकार भेटघाटमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले ईलाका प्रहरी कार्यालय सूचना मैत्री बन्नुपर्ने सुझाव दिए । उनले कतिपय अवस्थामा सूचना प्रवाह सहज नहुँदा पत्रकारलाई समाचार सम्प्रेषणमा जटिलता उत्पन्न भएको बताए ।

महासंघ बाँकेका अध्यक्ष भण्डारीले समाचार सम्प्रेषण गर्दा घटना र स्रोतको तथ्यजाँच गरि सम्प्रेषण गर्न समेत पत्रकारहरुलाई आग्रह गरेका थिए ।

प्रहरी नायब उपरीक्षक मल्ललाई महासंघ बाँकेका अध्यक्ष भण्डारीले तत्काल ट्राफिक व्यवस्थापनसंगै सामाजिक कार्यको पनि थालनि गर्न सुझाव दिएका थिए ।

उनले कुनै पनि घटनाका नाममा प्रहरी अनुसन्धानका क्रममा नागरिकलाइ अनावश्यक दुःख दिन नहुने र अपराधी उम्कने र पीडिलले न्याय नपाउने खालका काममा प्रहरी सचेत हुदैँ अघि बढ्न आग्रह गरे ।

यसअघि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक मल्लले कोहलपुर क्षेत्रका राजनितिक दलका नेता, उद्योगी व्यवसायी, संघ संस्थाका प्रतिनिधी र स्थानीयबासीसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका थिए ।