कोहलपुर २७ चैत्र : ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जनताको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा आफू प्रतिबद्ध रहेको बताएकाछन् । नेपाल प्रहरीको डिएसपीमा बढुवा भएलगत्तै बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेका मल्लले यस्तो बताएका हुन् ।
आईतबार इलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा प्रहरी नायब उपरीक्षक मल्लले कुनैपनि घटना हुन नदिन आफू र आफ्नो टिम कटिबद्ध भएको बताउँदै अपराध र अपराधीलाई निस्तेज पार्न अनवरत खट्ने बताए ।
‘प्रहरीको सद्भाव, शान्ति, सुरक्षा र अपराध नियन्त्रण गरेर भयमुक्त समाज निर्माणको जिम्मेवारी हो, यसमा आफ्नो दक्षता, कुशलता र अनुभवका साथ विचलित नहुँदै अघि बढ्नेछु’ प्रहरी नायब उपरीक्षक मल्लले पत्रकारसंगको भेटमा आफ्नो धारणा राख्दै भने–‘ आफ्नो कार्यकालमा कोहलपुरका स्थानीयले अनुभुती गर्ने गरी प्रहरीले नागरिक सेवा प्रदान गर्ने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कुनै कसर बाँकी नराख्नेछ ।’
बाँकेमा यसअघि वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला ट्राफिक प्रहरी प्रमुखको रुपमा कार्य गरिसकेका मल्ल अपराध अनुसन्धान, ट्राफिक ब्यवस्थापनमा अनुभवी एवम कुसल प्रहरीका रुपमा परिचित छन् ।

‘कोहलपुर क्षेत्रमा समस्याको रुपमा देखापरेका चोरी डकैती, लुटपात, हत्या, लागुऔषध दुर्व्यशन जस्ता अपराधिक गतिविधि र सडक दुर्घटना नियन्त्रण गर्न विशेष योजना बनाइनेछ’ मल्लले अगाडी थपे–‘प्रहरीले एक्लै चाहेर पनि सबै कुरा नहुने हुँदा यसमा सबैको साथ र सहयोग आवश्यक छ । यसमा नागरिक कर्तब्य समेत जोडिन्छ ।’
पत्रकार भेटघाटमा पत्रकारले राखेका जिज्ञासा मेटाउँदै प्रहरी नायब उपरीक्षक मल्लले भने–‘बेलाबखत प्रहरीमाथि आइपर्ने विभिन्न आरोपलाई निस्तेज पार्दै, सुशासन, ब्यवहारिक र नागरिकलाइ अनावश्यक दुःख दिने तथा अपराधी उम्कने र पीडितले न्याय नपाउने वातावरण बन्ने छैन ।’
कोहलपुर क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनका लागि आवश्यक समन्वकारी भूमिका निर्वाह गर्दै जाने उनले जोड दिए ।
जनशक्ति र स्रोत साधनको अभावकाबीच नागरिकलाई सेवा प्रदान गरिरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले महिला तथा बालमैत्री वातावरणमा प्रहरी मेरो साथी भन्ने ध्ययेलाई आत्मसाथ गरि अघि बढ्ने मल्लले बताए ।
आसन्न निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै सम्भावित सुरक्षा संवेदनशीलतालाई गम्भीररुपमा लिएको बताउँदै प्रहरी नायब उपरीक्षक मल्लले यस कार्यमा राजनितिक दल, उद्योगी व्यवसायी, जनप्रतिनिधी र स्थानीयबासीको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

पत्रकार भेटघाटमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले ईलाका प्रहरी कार्यालय सूचना मैत्री बन्नुपर्ने सुझाव दिए । उनले कतिपय अवस्थामा सूचना प्रवाह सहज नहुँदा पत्रकारलाई समाचार सम्प्रेषणमा जटिलता उत्पन्न भएको बताए ।
महासंघ बाँकेका अध्यक्ष भण्डारीले समाचार सम्प्रेषण गर्दा घटना र स्रोतको तथ्यजाँच गरि सम्प्रेषण गर्न समेत पत्रकारहरुलाई आग्रह गरेका थिए ।
प्रहरी नायब उपरीक्षक मल्ललाई महासंघ बाँकेका अध्यक्ष भण्डारीले तत्काल ट्राफिक व्यवस्थापनसंगै सामाजिक कार्यको पनि थालनि गर्न सुझाव दिएका थिए ।
उनले कुनै पनि घटनाका नाममा प्रहरी अनुसन्धानका क्रममा नागरिकलाइ अनावश्यक दुःख दिन नहुने र अपराधी उम्कने र पीडिलले न्याय नपाउने खालका काममा प्रहरी सचेत हुदैँ अघि बढ्न आग्रह गरे ।
यसअघि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक मल्लले कोहलपुर क्षेत्रका राजनितिक दलका नेता, उद्योगी व्यवसायी, संघ संस्थाका प्रतिनिधी र स्थानीयबासीसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’