मृतक परिवारद्वारा चालकलाई कडा कारवाहीको माग


मृतक परिवारद्वारा चालकलाई कडा कारवाहीको माग

नेपालगन्ज १ बैशाखः कारको ठक्करबाट मृत्यु भएका तीन जनाको परिवारले दोषीलाई कारबाहीको माग गर्दै बिहीबार नेपालगन्जमा प्रदर्शन गरेकाछन् ।

मृतकका आफन्त तथा स्थानीयले नेपालगन्ज स्थित विपी चोकमा बिहीबार टायर बालेर करिव चार घण्टा सडक अवरुद्ध गरेका हुन् ।

गत चैत्र २७ गते राती नेपालगन्जमा कारले ठक्कर दिदा तीन जनाको मृत्यु भएको थियो । पैदल यात्रु ६५ वर्षीय समिना ईद्रिसी, पाँच वर्षिय कलिम ईद्रिसी र पाँच वर्षकै अलि अन्सारीलाई कारले ठक्कर दिएको थियो ।

नेपालगन्जको गणेशमान चोकतर्फ जादै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारले पैदल हिँडिरहेका उनीहरुलाई राती पौने १२ बजेतिर ठक्कर दिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

घटना लगत्तै कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालकलाई कडा कारबाही र पीडितलाई क्षतिपुर्तिको माग गर्दै मृतक आफन्त र स्थानीयबासीले प्रर्दशन गरेका हुन् ।

प्रहरीले घटनामा संलग्न रहेका कार चालक इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।