नेपालगन्ज १ बैशाखः कारको ठक्करबाट मृत्यु भएका तीन जनाको परिवारले दोषीलाई कारबाहीको माग गर्दै बिहीबार नेपालगन्जमा प्रदर्शन गरेकाछन् ।
मृतकका आफन्त तथा स्थानीयले नेपालगन्ज स्थित विपी चोकमा बिहीबार टायर बालेर करिव चार घण्टा सडक अवरुद्ध गरेका हुन् ।
गत चैत्र २७ गते राती नेपालगन्जमा कारले ठक्कर दिदा तीन जनाको मृत्यु भएको थियो । पैदल यात्रु ६५ वर्षीय समिना ईद्रिसी, पाँच वर्षिय कलिम ईद्रिसी र पाँच वर्षकै अलि अन्सारीलाई कारले ठक्कर दिएको थियो ।
नेपालगन्जको गणेशमान चोकतर्फ जादै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारले पैदल हिँडिरहेका उनीहरुलाई राती पौने १२ बजेतिर ठक्कर दिएको थियो ।
घटना लगत्तै कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालकलाई कडा कारबाही र पीडितलाई क्षतिपुर्तिको माग गर्दै मृतक आफन्त र स्थानीयबासीले प्रर्दशन गरेका हुन् ।
प्रहरीले घटनामा संलग्न रहेका कार चालक इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’