गुलरिया (बर्दिया) १६ वैशाख : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी बर्दियाको राजापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा श्रीमानश्रीमतिको उम्मेदवारी परेकोछ ।
राजापुर नगरपालिकाको प्रमुखमा श्रीमान राममणी उपाध्याय र उपप्रमुखमा श्रीमती सम्झना उपाध्यायले उम्मेदवारी दर्ता गराएका हुन् ।
राजापुर नगरपालिका वडा नम्बर–३ चखखापुरका ५४ वर्षिय राममणी र उनकी श्रीमति ४३ वर्षिय सम्झनाले उमेदवारी दर्ता गराएसँगै चुनाव प्रचार प्रसारमा खटेकाछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेदवारी दिएका उपाध्याय दम्पतिले मतदाताहरुले आफुलाई विश्वास गरेको हुँदा निर्वाचन जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।
राप्रपा बर्दिया जिल्ला अध्यक्ष भिम बोहराले सहमतिमै उमेदवार बनाइएको हुँदा सम्भवत उपप्रमुखबाट उमेदवारी फिर्ता हुने बताए । तर, यसो गर्दा पार्टीलाई क्षति पुग्ने कार्यकर्ताहरुको भनाई रहेको छ ।
राममणी उपाध्याय बर्दियाका पुराना राप्रपाका नेताको रुपमा चिनिएका छन् ।
यादव कन्सट्रक्सनको मनपरीले नागरिकलाई सास्ती, नगरपालिका मौन
बुधबार, जेठ १०, २०८०
सरकारले सांसद गौतमको माग सम्बोधन गर्ने भएपछि ८ औं दिनमा अनशन तोडियो
शनिबार, जेठ ६, २०८०
बर्दियाको समसामयिक विषयमा मन्त्रीलाई ज्ञापनपत्र
आइतबार, वैशाख ३१, २०८०
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी