नेपालगन्ज १९ वैशाख : बाँके प्रहरीले करिब एक किलो सुनको गहनासहित बाँकेको खजुराबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–२ एल गाउँ स्थित सुबेदी चोकबाट सुनसहित एक जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहका बझाङ जयपृथ्वी नगपारपालिका वडा नम्बर–१, पिमी कैलाश बस्ने २८ वर्षिय अशोकबहादुर सिहंलाई नियन्त्रणमा लिएकोछ ।
अशोकले प्रहरीलाई देख्ने वित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर अशोकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ परेका अशोकले बोकेको कालो रङगको झोला भित्र खान तलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएकोछ ।
प्रहरीका अनुसार हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र माला सहित बिभिन्न प्रकारका सुनाका गहना तौल गर्दा ८ सय २ ग्राम ७३ मिलि ग्रामका सुनका गहना बरामद गरिएको हो । बरामद गरिएको सुनको गहनाको अन्दाजी मूल्य ६२ लाख बराबरको रहेको छ भने बरामद गरिएको सुनको गहना र अशोकमाथि आवश्यक अनुसन्धान अघि बढाईएको बाँके प्रहरीले बताएकोछ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट अशोकले गत वैशाख ४ गते भारतको ब्याङ्लोर स्थित सुन पसलबाट चोरी गरेको बुझिएकोछ । यसका लागि भारतीय प्रहरीसंग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएकोछ ।
बाँके प्रहरीका अनुसार अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न ब्यक्ती पक्राउ नपरेको हुँदा मालसमान धनिहरुको नाम गोप्य राखिएको बताएकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’