खजुराको एल गाउँबाट करिब एक किलो सुनका गहनासहित अशोक पक्राउ


खजुराको एल गाउँबाट करिब एक किलो सुनका गहनासहित अशोक पक्राउ

नेपालगन्ज १९ वैशाख : बाँके प्रहरीले करिब एक किलो सुनको गहनासहित बाँकेको खजुराबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–२ एल गाउँ स्थित सुबेदी चोकबाट सुनसहित एक जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहका बझाङ जयपृथ्वी नगपारपालिका वडा नम्बर–१, पिमी कैलाश बस्ने २८ वर्षिय अशोकबहादुर सिहंलाई नियन्त्रणमा लिएकोछ ।

अशोकले प्रहरीलाई देख्ने वित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर अशोकलाई नियन्त्रणमा लिन सफल भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

पक्राउ परेका अशोकले बोकेको कालो रङगको झोला भित्र खान तलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएकोछ ।

प्रहरीका अनुसार हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र माला सहित बिभिन्न प्रकारका सुनाका गहना तौल गर्दा ८ सय २ ग्राम ७३ मिलि ग्रामका सुनका गहना बरामद गरिएको हो । बरामद गरिएको सुनको गहनाको अन्दाजी मूल्य ६२ लाख बराबरको रहेको छ भने बरामद गरिएको सुनको गहना र अशोकमाथि आवश्यक अनुसन्धान अघि बढाईएको बाँके प्रहरीले बताएकोछ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट अशोकले गत वैशाख ४ गते भारतको ब्याङ्लोर स्थित सुन पसलबाट चोरी गरेको बुझिएकोछ । यसका लागि भारतीय प्रहरीसंग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएकोछ ।

बाँके प्रहरीका अनुसार अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न ब्यक्ती पक्राउ नपरेको हुँदा मालसमान धनिहरुको नाम गोप्य राखिएको बताएकोछ ।