दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हाल्ने ‘प्रशान्त’


दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हाल्ने ‘प्रशान्त’

नेपालगन्ज २६ वैशाख : २०५० सालतिर विद्यार्थी राजनीतिमा संलग्न हुन थालेका प्रशान्त विष्टलाई राजनीतिको असली ‘चस्का’ त्यतिबेला लाग्यो, जब देशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए ।

एकातिर तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वले देश आक्रान्त थियो । अर्कोतिर राजाले शासन हातमा लिएपछि उनलाई जनताको सबै अधिकारहरु खोसिएको अनुभूती भयो ।

२०६२/०६३ को आन्दोलन घोषणा भएपछि नेपालगन्जका सडकमा आएर राजाको प्रत्यक्ष शासनविरुद्ध उत्रिने हिम्मत भएका मानिसहरुको कमी थियो । त्यसबेला सडकमा देखिने केही अनुहारमध्ये एउटा परिचित अनुहार थियो, प्रशान्त विष्ट । यिनै प्रशान्तले दोस्रो जनआन्दोनलमा युवाको मोर्चा सम्हालेका थिए । युवासहित आन्दोलनको अग्रपंक्तीमा उभिएका प्रशान्तले दोस्रो जनआन्दोलनमा निभाएको भुमिकाको बाँकेको राजनीतिक वृत्तमा जहिले पनि प्रशंसा हुनेगर्छ ।

२०६२/०६३ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघ(नेविसंघ) का तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर बनेका प्रशान्त आन्दालनकारीको नेतृत्व गर्दै लगातार सडकमा आएर राजाको प्रत्यक्ष शासन विरुद्ध आवाज उठाउन थाले । त्यसपछि तत्कालिन सुरक्षाकर्मीको कडा निगरानीमा प्रशान्त परे । सुरुका पाँच दिनपछि उनीसहित आन्दोलनमा अग्रपंक्तिमा देखिने नेताहरुलाई पक्राउ गरी सुरक्षाकर्मीले दिनभर नियन्त्रणमा राख्न थाल्यो ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘एकदिन त म (प्रशान्त), डाक्टर अरुण कोइराला, रत्न खत्री लगायतका नेतालाई समातेर सुरक्षाकर्मीले बङ्करमै राख्यो, त्यतिखेर खुल्ला रुपमा नआइसकेको माओबादीसँग सम्पर्क गर्ने जिम्मा मेरै भएकोले पनि मलाई सेना र प्रहरीले टार्गेटमा राख्ने गरेको थियो,’ प्रशान्त विगत सम्झिन्छन् ।

दोस्रो जनआन्दोलन २०६२/०६३ मा लोकतन्त्र प्राप्तिका निम्ति गरेको संघर्ष अहिले पनि मन, मस्तिष्कमा ताजा रहेको उनी सुनाउँछन् ।

दोस्रो जनआन्दोलनले नै प्रशान्तलाई राजनीतिमा थप परिपक्व र सशक्त बनाइदियो । त्यसपछि उनी नेता र जनतामाझ थप परिचित हुदैँ गए । उनको लोकप्रियता बढ्यो ।

‘मैले पनि अब पूर्ण राजनीति गर्नुपर्छ भनेर निर्णय गरेको यतिबेलै हो, त्यस आन्दोलनले मलाई राम्रैसँग राजनीतिमा स्थापित गरिदियो,’ प्रशान्त भन्छन् ।

राजनीतिमा नगनशील भएर संघर्षशील युवा नेता यिनै प्रशान्त अहिले नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेससहित गठबन्धनको तर्फबाट नगर प्रमुख पदको उम्मेदवार छन् । उनको संघर्ष, त्याग र योगदानको कदर गर्दैै गठबन्धन दल मात्र नभएर स्वतन्त्र मतदाताले समेत जिताउने अभियान नै चलाइरहेका छन् । सामाजिक सञ्जाल, टिकटक जस्ता माध्यमबाट उनको स्वःस्र्फुत रुपमा प्रचार प्रसार गरिरहेका छन् ।

संयोग नै मान्नुपर्छ, २०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रशान्तले सडकमा युवाको मोर्चा सम्हाल्दा त्यसबेला लोकतान्त्रिक ब्यवस्थाविरुद्ध राजा ज्ञानेन्द्रसँगै जोडिएका ब्यक्ति अहिले मुख्य दलबाट स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् ।

तसर्थ, नेपालगन्ज उपमहानगरपालिकामा यसपटक हुन लागेको स्थानीय निर्वाचनलाई लोकतन्त्र ल्याउन लड्ने ब्यक्ति र लोकतान्त्रिक ब्यवस्थाविरुद्ध लाग्ने ब्यक्ति बीचको प्रतिपस्र्धाका रुपमा समेत विश्लेषण गर्न थालिएको छ ।

थप समाचार

एडिबी परियोजनामा प्रशान्तले निभाएको महत्वपूर्ण भूमिका

सिडिओ बन्ने सपना त्यागेर राजनीतिमा होमिएका प्रशान्त

नेपालगन्जको नगर प्रमुख बन्न प्रशान्तको एक दशकदेखी तयारी