नेपालगन्ज २६ वैशाख : २०५० सालतिर विद्यार्थी राजनीतिमा संलग्न हुन थालेका प्रशान्त विष्टलाई राजनीतिको असली ‘चस्का’ त्यतिबेला लाग्यो, जब देशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए ।
एकातिर तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वले देश आक्रान्त थियो । अर्कोतिर राजाले शासन हातमा लिएपछि उनलाई जनताको सबै अधिकारहरु खोसिएको अनुभूती भयो ।
२०६२/०६३ को आन्दोलन घोषणा भएपछि नेपालगन्जका सडकमा आएर राजाको प्रत्यक्ष शासनविरुद्ध उत्रिने हिम्मत भएका मानिसहरुको कमी थियो । त्यसबेला सडकमा देखिने केही अनुहारमध्ये एउटा परिचित अनुहार थियो, प्रशान्त विष्ट । यिनै प्रशान्तले दोस्रो जनआन्दोनलमा युवाको मोर्चा सम्हालेका थिए । युवासहित आन्दोलनको अग्रपंक्तीमा उभिएका प्रशान्तले दोस्रो जनआन्दोलनमा निभाएको भुमिकाको बाँकेको राजनीतिक वृत्तमा जहिले पनि प्रशंसा हुनेगर्छ ।
२०६२/०६३ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघ(नेविसंघ) का तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर बनेका प्रशान्त आन्दालनकारीको नेतृत्व गर्दै लगातार सडकमा आएर राजाको प्रत्यक्ष शासन विरुद्ध आवाज उठाउन थाले । त्यसपछि तत्कालिन सुरक्षाकर्मीको कडा निगरानीमा प्रशान्त परे । सुरुका पाँच दिनपछि उनीसहित आन्दोलनमा अग्रपंक्तिमा देखिने नेताहरुलाई पक्राउ गरी सुरक्षाकर्मीले दिनभर नियन्त्रणमा राख्न थाल्यो ।
‘एकदिन त म (प्रशान्त), डाक्टर अरुण कोइराला, रत्न खत्री लगायतका नेतालाई समातेर सुरक्षाकर्मीले बङ्करमै राख्यो, त्यतिखेर खुल्ला रुपमा नआइसकेको माओबादीसँग सम्पर्क गर्ने जिम्मा मेरै भएकोले पनि मलाई सेना र प्रहरीले टार्गेटमा राख्ने गरेको थियो,’ प्रशान्त विगत सम्झिन्छन् ।
दोस्रो जनआन्दोलन २०६२/०६३ मा लोकतन्त्र प्राप्तिका निम्ति गरेको संघर्ष अहिले पनि मन, मस्तिष्कमा ताजा रहेको उनी सुनाउँछन् ।
दोस्रो जनआन्दोलनले नै प्रशान्तलाई राजनीतिमा थप परिपक्व र सशक्त बनाइदियो । त्यसपछि उनी नेता र जनतामाझ थप परिचित हुदैँ गए । उनको लोकप्रियता बढ्यो ।
‘मैले पनि अब पूर्ण राजनीति गर्नुपर्छ भनेर निर्णय गरेको यतिबेलै हो, त्यस आन्दोलनले मलाई राम्रैसँग राजनीतिमा स्थापित गरिदियो,’ प्रशान्त भन्छन् ।
राजनीतिमा नगनशील भएर संघर्षशील युवा नेता यिनै प्रशान्त अहिले नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेससहित गठबन्धनको तर्फबाट नगर प्रमुख पदको उम्मेदवार छन् । उनको संघर्ष, त्याग र योगदानको कदर गर्दैै गठबन्धन दल मात्र नभएर स्वतन्त्र मतदाताले समेत जिताउने अभियान नै चलाइरहेका छन् । सामाजिक सञ्जाल, टिकटक जस्ता माध्यमबाट उनको स्वःस्र्फुत रुपमा प्रचार प्रसार गरिरहेका छन् ।
संयोग नै मान्नुपर्छ, २०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रशान्तले सडकमा युवाको मोर्चा सम्हाल्दा त्यसबेला लोकतान्त्रिक ब्यवस्थाविरुद्ध राजा ज्ञानेन्द्रसँगै जोडिएका ब्यक्ति अहिले मुख्य दलबाट स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् ।
तसर्थ, नेपालगन्ज उपमहानगरपालिकामा यसपटक हुन लागेको स्थानीय निर्वाचनलाई लोकतन्त्र ल्याउन लड्ने ब्यक्ति र लोकतान्त्रिक ब्यवस्थाविरुद्ध लाग्ने ब्यक्ति बीचको प्रतिपस्र्धाका रुपमा समेत विश्लेषण गर्न थालिएको छ ।
थप समाचार
एडिबी परियोजनामा प्रशान्तले निभाएको महत्वपूर्ण भूमिका
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए