गुलरिया (बर्दिया) ३१ वैशाख : बर्दियामा नेपाली काँग्रेसले खाता खोल्दै बिजयी सुरुवात गरेको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसको प्यानलै बिजय भएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर– १ मा नेपाली काँग्रेसका जोगीराम थारुको प्यानल बिजयी भएको हो । यो जितसगै गुलरिया नगरपालिकामा प्रमुख र उपप्रमुखको पदमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।
यस्तै बढैयाताल गाँउपालिकामा नेकपा एमाललेले अग्रता लिइरहेको छ । राजापुर, ठाकुरबाबा, बाँसगढि र मधुवन नगरपालिकामा माओवादीले अग्रता लिइरहेको छ । भने गेरुवा गाँउपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ । बारबर्दिया नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको बराबर मत आउँदा माओवादीको सोँचे भन्दा कम मत आएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर १ बाहेक अन्य वडाको नजिता आएको छैन । मतगणना जारी रहेको छ ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन