भारतीय नागरिक पंकजको समुहद्वारा नेपालगन्जमा ‘गुण्डागर्दी’

स्टारलाईट क्यासिनोमा दिउँसै कुटपिट, पिट्नेलाई प्रहरीद्वारा संरक्षण, पिटाई खाने हिरासतमा


भारतीय नागरिक पंकजको समुहद्वारा नेपालगन्जमा ‘गुण्डागर्दी’

नेपालगन्ज ५ जेठ : भारतीय नागरिक पंकजको समुहले नेपालगन्जमा गुण्डागर्दी देखाएकोछ । नेपालगन्जको सुर्खेतरोडमा रहेको स्टारलाईट क्यासिनोमा पुगेर पंकजको समुहले गुण्डागर्दी देखाउँदै बबाल मच्चाएकोछ । भारतीय गाडीमा आएको उक्त समुहले स्टारलाईट क्यासिनोमा बुधबार बबाल मच्चाएको हो ।

पंकज नाम गरेका भारतीय ब्यक्तिको नेतृत्वमा आएको समुह क्यासिनोमा पुगि गुण्डागर्दी शैलीमा बबाल मच्चाएको सीसी क्यामेरामा कैद भएको भिडियोले देखाएकोछ । भिडियोमा खिचिएको दृष्य अनुसार, उक्त समुह गाडीबाट ओर्लन्छ र क्यासिनो भित्रबाट विक्की नाम गरेका ब्यक्तिलाई बोलाई एक्कासी त्यही पिट्न थाल्छ ।

पंकजको समुहले विक्कीलाई केहिबेर पिटेर ‘अपहरण शैली’मा गाडीमा राखि लैजान्छ । त्यतिमात्र होइन । पंकजको समुहले गाडीमा अन्यत्र लगि बेस्सरी पिटेर प्रहरीकोमा लगेर बुझाँउछ ।

पिटाइ खाने विक्किले न्याय पाउनुको साटो उल्टै बाँके प्रहरीकोमा थुनिन्छन् । वडा प्रहरी कार्यालय नेपालगन्जमा राखिएका विक्कीलाई जिल्लाको निर्देशनमा विहीबार जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको वडाका प्रहरी निरीक्षक रिपेन्द्र सिंहले सेतोखरीलाई जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

जब घटना विवरण थाहा पाइसकेपछि निरीक्षक सिंहले पिट्ने समुहलाई खोज्न थाले अनि उक्त समुहका पंकजसहितको टोली वडा प्रहरीमा नआई जिल्ला प्रहरी कार्यालय बाँकेमा हाजिर भयो ।

भारतीय नागरिक पंकजले नेपालगन्ज सुर्खेतरोड एसविआई बैंक नजिक डान्स क्लब खोलेकाछन् । पिट्ने समुह पंकज जिल्ला प्रहरी कार्यालय बाँकेसंग नजिक रहेको घटना विवरणले देखाउँछ । किनभने, पिट्ने समुह थुनिनुको साटो सीसी क्यामेराले खिचेको भिडियो हुँदाहुँदै पनि पीडित पिटाई खाने विक्की प्रहरीको खोरमा थुनिएकाछन् ।

जिल्ला प्रहरीसंग नजिक रहेका पंकजले आफ्नो पावर शो गरेको र पिट्ने मान्छेलाई कारबाही नगरेर पिटाई खानेलाई प्रहरीले थुनेको प्रत्यक्षदर्शीहरुले बताएकाछन् ।