गुलरिया(बर्दिया) ११ जेठ : बर्दियामा बाघको आक्रमणमा परी फेरी एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको मधुवन नगरपालिका वडा नम्बर २ कोठियागाँउ निवासी ४७ वर्षिय कौशिला पालको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।
जिल्ला वन कार्यालय बर्दियाका बनुसार बाख्रा चराउन जंगल गएको बेला बाघले आक्रमण गर्दा पालको मृत्यु भएको हो ।
कौशिलालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो ।
बर्दिया निकुञ्ज र भारतको कतर्निया वन्यजन्तु आरक्ष जोड्ने जैविक मार्गमा बाघ, हात्ति र गैडा लगायतका वन्यजन्तुहरु ओहोर दोहोर गर्ने गर्दछन् ।
बाघको बासस्थान रहेको उक्त सामुदायिक वनमा कौशिला बाख्रा चराउन एक्लै गएको बताइएको छ ।
गएको तीन वर्षको अवधिमा बर्दियामा बाघको आक्रमणमा परी २३ जना मानिसको मृत्यु भैसकेको छ । केहि वर्ष यता खाता जैविक मार्गको आसपासका क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन ।
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति