बर्दियामा बाघ आतंक जारी, ३ वर्षमा २३ जनाको मृत्यु


बर्दियामा बाघ आतंक जारी, ३ वर्षमा २३ जनाको मृत्यु

गुलरिया(बर्दिया) ११ जेठ : बर्दियामा बाघको आक्रमणमा परी फेरी एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको मधुवन नगरपालिका वडा नम्बर २ कोठियागाँउ निवासी ४७ वर्षिय कौशिला पालको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

जिल्ला वन कार्यालय बर्दियाका बनुसार बाख्रा चराउन जंगल गएको बेला बाघले आक्रमण गर्दा पालको मृत्यु भएको हो ।

कौशिलालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

बर्दिया निकुञ्ज र भारतको कतर्निया वन्यजन्तु आरक्ष जोड्ने जैविक मार्गमा बाघ, हात्ति र गैडा लगायतका वन्यजन्तुहरु ओहोर दोहोर गर्ने गर्दछन् ।

बाघको बासस्थान रहेको उक्त सामुदायिक वनमा कौशिला बाख्रा चराउन एक्लै गएको बताइएको छ ।

गएको तीन वर्षको अवधिमा बर्दियामा बाघको आक्रमणमा परी २३ जना मानिसको मृत्यु भैसकेको छ । केहि वर्ष यता खाता जैविक मार्गको आसपासका क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन ।