नेपालगन्ज ११ जेठ : बाँकेको कोहलपुर बुधबार छुट्टाछुट्टै मृत्युका खबरले तनावग्रस्त बन्यो । जबरजस्ती करणी आरोपमा हिरासतभित्रै रहेका थुनुवा र भारतीय ट्रकको ठक्करबाट अटो चालकको मृत्युको खबरले कोहलपुर बुधबार दिनभर तनावग्रस्त बनेको हो ।
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले कोहलपुर सडक अवरुद्ध गरेका थिए । उनीहरुले सडक अवरुद्ध पार्नुका साथै कुनैपनि सवारी साधन चल्न दिएका थिएनन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्षमा थुनुवा मृत अवस्थामा भेटिएपछि बुधबार विहानै कोहलपुर तनावग्रस्त बनेको थियो ।
जबरजस्ती कारणीको आरोपमा ईलाका प्रहरी कोहलपुरको हिरासतमा रहेका कोहलपुर नगरपालिका–१४ का ४६ वर्षीय कृष्णलाल कुँवर हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
हिरासत कक्षबाट शौचालय गएका कुँवर भेन्टिलेटरमा टिसर्टको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोछ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार बुधबार बिहान करिब ५ बजेतिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीय र आफन्तको रोहबरमा मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएकोछ ।
कुँवरलाई गत बैशाख १९ गते ७ वर्षे नावालिकालाई जबरजस्ती करणी प्रयासको आरोपमा नियन्त्रणमा लिएर थुनिएको थियो । ‘जबरजस्ती करणी उद्योग’ को आरोपमा प्रहरी हिरासतभित्र रहेका कुँवरलाई म्याद थप गरेर आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको थियो ।
बलात्कार आरोपमा हिरासत भित्रै कुँवरको मृत्युले कोहलपुर तनावग्रस्त भइरहेका बेला बुधबार दिउँसो पौने एक बजे अर्को मृत्युको खबरले पुनः कोहलपुर तनावग्रस्त बन्यो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरदेखि केही पर दक्षिणतर्फ कोहलपुर नगरपालिका वडा नम्बर–११ पिपल चौतारामा भारतीय ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएपछि कोहलपुर पुनः तनावग्रस्त बन्यो ।
भारतीय यूपी ३२ डीएन ४३४४ नम्बरको ट्रकको ठक्करले गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–१३ का २९ वर्षिय राम सेवक थारुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भयो ।
भारतीय ट्रकले भे १ स ४९४१ नम्बरको अटोलाई ठक्कर दिएको थियो । प्रहरीले दुबै सवारी साधनसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
दुबै घटनाको विरोध गर्दै मृतकका आफन्त र स्थानीय बासिन्दाले दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपुर्ति माग्दै सडक अवरुद्ध गरे । सोक्रममा इलाका प्रहरी कार्यालय कोहलपुर अगाडी मृतकका आफन्त तथा स्थानीयले सडक अवरुद्ध गर्नुका साथै सडक अवरुद्ध गरेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’