सांकेतिक तस्विर
नेपालगन्ज १२ जेठ : नेपालगन्ज आउँदै गरेको बस दैलेखको आठबीस नगरपालिका –३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ दुर्घटना भएको छ ।
मुगुबाट हिँडेको बस कालिकोटको जितेगडाबाट सुर्खेत हुँदै नेपालगन्ज आउँदै गरेको म १ ख ६६० नम्बरको यात्रुबहाक बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो ।
प्रारम्भिक रिर्पोट अनुसार घटनामा परी चार जनाको मृत्यु भएको छ भने दर्जन बढि घाइते भएका छन् ।
मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन । भने घटनास्थलमा उद्धारको काम जारी रहेको छ । उद्धार गरिएका घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेख प्रहरीले जानकारी दिएकोछ ।
बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीमा खसेको छ । बसमा खचाखच यात्रु सवार रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?