नेपालगन्ज आउँदै गरेको यात्रुबहाक बस कर्णालीमा खस्यो : ४ जनाको मृत्यु, दर्जनबढि घाइते


नेपालगन्ज आउँदै गरेको यात्रुबहाक बस कर्णालीमा खस्यो : ४ जनाको मृत्यु, दर्जनबढि घाइते

सांकेतिक तस्विर

नेपालगन्ज १२ जेठ : नेपालगन्ज आउँदै गरेको बस दैलेखको आठबीस नगरपालिका –३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ दुर्घटना भएको छ ।

मुगुबाट हिँडेको बस कालिकोटको जितेगडाबाट सुर्खेत हुँदै नेपालगन्ज आउँदै गरेको म १ ख ६६० नम्बरको यात्रुबहाक बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो ।

प्रारम्भिक रिर्पोट अनुसार घटनामा परी चार जनाको मृत्यु भएको छ भने दर्जन बढि घाइते भएका छन् ।

मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन । भने घटनास्थलमा उद्धारको काम जारी रहेको छ । उद्धार गरिएका घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेख प्रहरीले जानकारी दिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीमा खसेको छ । बसमा खचाखच यात्रु सवार रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी ।