नेपालगन्ज १३ जेठ : कैलालीको गोदावरी नगरपालिकाले सडक निर्माण गर्दा अनियमितता गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएकोछ ।
गोदावरी नगरपालिकाको बजेटबाट सञ्चालित १३ वटा सडकको ठेक्कामा अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र ठेकेदार समेत गरी ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुँवर, तत्कालीन सब–इन्जिनियर भक्तराज जोशी र नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर बिष्ट र निर्माण व्यवसायी संतोष जोशीलाई प्रतिवादी बनाउँदै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
नगरपालिकाको बजेट परिचालनबाट विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राबिधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको भन्दै प्रतिवेदन पेस भएको थियो ।
प्रतिवेदनका सन्दर्भमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशीले प्राबिधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाएको पाइएको अख्तियारले जनाएको छ ।
यस्तै, इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराइ, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिइ सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको देखिन आएको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध ४२ लाख ५३१ रुपैयाँ बिगो कायम गरेको छ । यस्तै, जोशीको हकमा ६ लाख ७८ हजार २२० रुपैयाँ बिगो कायम भएको छ । तत्कालीन इन्जिनियर पूर्ण कुँवरको हकमा ४८ लाख ७८ हजार ७५१ रुपैयाँ बिगो दाबी गरिएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’