सडक निर्माणमा अनियमितता ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


सडक निर्माणमा अनियमितता ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपालगन्ज १३ जेठ : कैलालीको गोदावरी नगरपालिकाले सडक निर्माण गर्दा अनियमितता गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएकोछ ।

गोदावरी नगरपालिकाको बजेटबाट सञ्चालित १३ वटा सडकको ठेक्कामा अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र ठेकेदार समेत गरी ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुँवर, तत्कालीन सब–इन्जिनियर भक्तराज जोशी र नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर बिष्ट र निर्माण व्यवसायी संतोष जोशीलाई प्रतिवादी बनाउँदै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

नगरपालिकाको बजेट परिचालनबाट विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राबिधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको भन्दै प्रतिवेदन पेस भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतिवेदनका सन्दर्भमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशीले प्राबिधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाएको पाइएको अख्तियारले जनाएको छ ।

यस्तै, इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराइ, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिइ सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको देखिन आएको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध ४२ लाख ५३१ रुपैयाँ बिगो कायम गरेको छ । यस्तै, जोशीको हकमा ६ लाख ७८ हजार २२० रुपैयाँ बिगो कायम भएको छ । तत्कालीन इन्जिनियर पूर्ण कुँवरको हकमा ४८ लाख ७८ हजार ७५१ रुपैयाँ बिगो दाबी गरिएको छ ।