नेपालगन्ज १४ जेठ : नेपालगन्जको फुल्टेक्रा स्थित मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका एक विद्यार्थीको चक्कु रोपिएर मृत्यु भएकोछ । मदरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुद्दिन मियाँको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले फुल्टेक्रा स्थित उक्त मदरसामा १६ वर्षिय जामुद्दिनको मृत्यु भएको पुष्टि गरे । प्रवक्ता न्यौपानेका अनुसार मादरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको छातिमा चक्कु रोपिएर उपचारका क्रममा ज्यान गएको हो ।
गत जेठ १२ गते बेलुका ५ बजे भएको उक्त घटनामा मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मोहम्मद आशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातीमा (मुटुमै) रोपिन गई गम्भीर घाइते भएका थिए ।
खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिलानै योजनाबद्ध घटना भएको हो प्रहरीले खुलाएको छैन । मदरसाले पनि घटनाको बारे कुनै जानकारी गराएको छैन ।
घाइते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराइएका मियाँको १३ जेठ राति १० बजे उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरी प्रवक्ता न्यौपानेले सेतोखरीलाई जानकारी दिए । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘उपचारको क्रममा मियाँको १३ जेठ राति १० बजे मृत्यु भएको हो । प्रहरीलाई घटनाबारे जेठ १४ गते बिहान मात्र जानकारी भयो ।’
घटना घटे लगत्तै मियाँलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । चक्कु रोपिएर गम्भीर घाइते भएका मियाँको अवस्था झन् जटिल बनेपछि १३ गते शुक्रबार चिकित्सकसहितको एम्बुलेन्समा राखेर थप उपचारका लागि लखनऊ लगिएको थियो । लउखनऊ लगिएका मियाँको सोही दिन राती १० बजे मृत्यु भएको हो ।
प्रहरीका अनुसार मदरसाले उपलब्ध गराएको सीसीटिभी फुटेजमा मृतक मियाँ र आशिक दुबैले आफ्नो छाति एकअर्काको छातिमा ठोक्काएर धकेला धकेल गर्दै जिस्किने गरेको देखिन्छ । सोही क्रममा एक्कासी मियाँको छातिमा आशिकले चक्कु रोपिएको सीसीटिभी फुटेजमा प्रष्ट देखिन्छ । मियाँको छातिमा चक्कु रोपिए लगत्तै आशिकको हातमा चक्कु हुन्छ । कपडा खोलेर हेर्दा रगत बगेको उक्त सीसीटिभि फुटेजमा देखिन्छ ।
प्रहरी नायब उपरीक्षक न्यौपानेले सेतोखरीसंग भने–‘एकआपसमा खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो ? योजनाबद्ध भएको घटना हो वा भवितब्य हामी(प्रहरी)ले अनुसन्धान गरिरहेकाछौं ।’
घटना घटेको दुईदिनपछि मात्रै घटनाका बारेमा प्रहरीले थाहापाएपछि मदरसा फैजाने मदिनाले उक्त घटना गुपचुप राख्न खोजेको प्रहरीले जनाएकोछ ।
उनले घटनामा संलग्न रहेको आशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव भारतको लखनउबाट नेपालगन्ज ल्याई भेरी अस्पतालमा पोष्टमार्टम गरिसकेको जानकारी दिए । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने –‘मियाँको पोष्टमार्ट भइसकेको छ । शव आफन्तले बुझिसक्नुभएको छ । तर, पोष्टमार्टमको रिर्पोट आउन बाँकी छ ।’
उनले घटनामा संलग्न आशिक प्रहरी नियन्त्रणमा राखि अनुसन्धान अघि बढाएको बताउँदै । मृतकका परिवारले मियाँको शव बुझे पनि शनिबार बेलुका ८ बजेसम्म प्रहरीमा कुनै जाहेरी नपरेको बाँके प्रहरीले बताएकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’