विमान बेपत्ता अपडेट : लेते क्षेत्रमा २ पटक घुमेको थियो


विमान बेपत्ता अपडेट : लेते क्षेत्रमा २ पटक घुमेको थियो

नेपालगन्ज १५ जेठ : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ ।

म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बादल लागेका कारण जहाज नदेखिएको तर, आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील थकालीले जानकारी दिए । ‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ,’ उनले भने, ‘बादलले टम्मै छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको छ ।’

अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए । सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । -रातोपाटीबाट