नेपालगन्ज १५ जेठ : १६ औं गणतन्त्र दिवसका अवसरमा नेपालगन्ज कारागारमा रहेका २१ जना कैदीले माफी पाएका छन् । नेपालगन्ज कारागारका जेलर रामकुमार सोनकरका अनुसार, २५ जनाको नाम पठाएकोमा २१ जनाको कैद मिनाहा भएको हो ।
नेपालगन्ज कारागारबाट आईतबार एकैपटक धेरै जना कैदी छुटेका हुन् । आचरण सुध्रिएका, आधा बढी सजाय काटिसकेका व्यक्तिलाई सरकारले विभिन्न दिवसमा माफी दिने गर्दछ । आममाफी पाएका कैदीहरु घर जाने तरखरमा छन् । आईतबार बिहान उनीहरुको नाम लिष्ट आएको थियो । आफन्तीहरु आएर उनीहरुलाई लैजाने तयारीमा छन् ।
नेपालगन्ज कारागारमा अझै कैदी धेरै छन् । यो कारागारमा कोचाकोच कै अवस्था रहेको छ । अहिले ७ सय ८७ बन्दी रहेका छन् । तीन सय क्षमताको कारागारमा यतिका कैन्दी कोचिएर रहेका छन् । सीमावर्ती जिल्ला भएकाले यहाँ लागु औषधीलगायतको कारोबार बढी हुने र प्रहरीले दैनिकजसो कारोबारीलाई समातेर कारागारमा बुझाउने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको थुनुवा कक्ष पनि खचाखच रहेको छ । नेपालगन्ज कारागारमा सबै भन्दा लागू औषधीका कैदी छन् । त्यसपछि जबरजस्ती करणी, कर्तव्य ज्यान, मानव बेचबिखनलगायतका रहेका छन् ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग