तारा एयरको विमान दुर्घटना : १४ जनाको शव पोष्टमार्टम गर्न काठमाण्डौं लगिने

‘सानुसरे भिरमा साढे १४ हजार फिटको उचाइमा दुर्घटना भयो’


तारा एयरको विमान दुर्घटना : १४ जनाको शव पोष्टमार्टम गर्न काठमाण्डौं लगिने

नेपालगन्ज १६ : दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।

यसैबीच, मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने भएको छ । सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

दुर्घटना भएको ठाउँमा १४ जनाको शव भेटिएको थियो । दुईवटा शव जहाजले थिचेको अवस्थामा भेटिएको छ । शव निकाल्दा जहाज पहाडबाट खस्न सक्ने हुनाले सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा निकाल्ने प्रयास गरिरहेका छन् । शव काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् । उनीहरुको अवस्थाबारे हालसम्म कुनै जानकारी आएको छैन ।

आईतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटरमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । तारा एयरका अनुसार विमानमा भारतीय ४ जना, नेपाली १३ जना र जर्मन नागरिक २ जना सवार थिए । बिहान १० बजेर ७ मिनेटमा म्याग्दीको शिख नजिकको आकाशबाट विमान सम्पर्कविहीन भएको थियो ।

तारा एअरले भन्यो– सानुसरे भिरमा साढे १४ हजार फिटको उचाइमा दुर्घटना भयो

तारा एअरले आईतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटर वायुयान साढे १४ हजार फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाएको छ । सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै तारा एअरले यस्तो जानकारी दिएको हो ।

आईतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको एअरको उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भिरमा सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । वायुयान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेटमा घोडेपानीबाट सम्पर्कमा आएपश्चात सम्पर्कविहीन भएको थियो ।

प्रतिकूल मौसम तथा जटिल भूगोलका बाबजुद पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्दार समन्वय केन्द्रमार्फत् आज बिहानैदेखि हवाइ तथा स्थलमार्गबाट खोजी गर्दा दुर्घटनास्थल फेला परेको थियो ।

यार्सागुम्बा संकलकले फेला पारेका थिए जहाज

आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

आईतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर, खोजी तथा उद्धारमा खटिएको टोली त्यहाँसम्म पुग्न सकेको थिएन । सोमबार बिहान त्यही क्षेत्रमा दुर्घटनाग्रस्त जहाज किसानहरुले फेला पारेको हुन् ।