क्रुर श्रीमानको यातना : मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाईते श्रीमती गीताको मृत्यु


क्रुर श्रीमानको यातना : मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाईते श्रीमती गीताको मृत्यु

नेपालगन्ज १७ जेठ : श्रीमानको यातानाबाट गम्भीर घाइते भएकी गीता माझीको मृत्यु भएकोछ । घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० की ३८ वर्षीया गीताको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत गीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकोछ ।

गीतालाई उनका ४० वर्षीय श्रीमान रामचन्द्र माझीले पटक–पटक कुटपिट गर्दै आएका थिए । पछिल्लो पटक रामचन्द्रले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार गीताको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो ।

गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा सोमबार (हिजो) शल्यक्रिया गरिएको थियो । तर, सोमबार राति ११ बजेतिर एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । कम्मरको हड्डी समेत भाँच्चिएको थियो ।

घाइतेको मृत्युअघि आरोपिविरुद्ध ज्यानमार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृत्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले बताए । अब उजुरी नआए पनि ज्यान मरिसकेको भएकाले ज्यानसम्बन्धी र बलात्कार मुद्दामा कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

गीताका श्रीमान रामचन्द्र प्रहरीको हिरासतमा छन् । उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ ।

गीताका ३ छोरी छन् । उनी ज्याला मजदुरी गर्थिन् । रक्सी खाने पैसा नदिएको भनेर श्रीमान् रामचन्द्रले गीतालाई कुट्ने गरेको स्थानीय बताउँछन् ।