नेपालगन्ज १७ जेठ : श्रीमानको यातानाबाट गम्भीर घाइते भएकी गीता माझीको मृत्यु भएकोछ । घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० की ३८ वर्षीया गीताको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत गीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकोछ ।
गीतालाई उनका ४० वर्षीय श्रीमान रामचन्द्र माझीले पटक–पटक कुटपिट गर्दै आएका थिए । पछिल्लो पटक रामचन्द्रले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार गीताको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो ।
गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा सोमबार (हिजो) शल्यक्रिया गरिएको थियो । तर, सोमबार राति ११ बजेतिर एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
उनको उपचारमा संलग्न चिकित्सकका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । कम्मरको हड्डी समेत भाँच्चिएको थियो ।
घाइतेको मृत्युअघि आरोपिविरुद्ध ज्यानमार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृत्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले बताए । अब उजुरी नआए पनि ज्यान मरिसकेको भएकाले ज्यानसम्बन्धी र बलात्कार मुद्दामा कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
गीताका श्रीमान रामचन्द्र प्रहरीको हिरासतमा छन् । उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ ।
गीताका ३ छोरी छन् । उनी ज्याला मजदुरी गर्थिन् । रक्सी खाने पैसा नदिएको भनेर श्रीमान् रामचन्द्रले गीतालाई कुट्ने गरेको स्थानीय बताउँछन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’