संवादमार्फत समस्याको स्थायी समाधान खोज्ने विष्टको प्रतिवद्धता


संवादमार्फत समस्याको स्थायी समाधान खोज्ने विष्टको प्रतिवद्धता

नेपालगन्ज १९ जेठ : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दरबार हत्याकाण्डको दिन पारेर नेपालगन्जमा बिहीवार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाछन् । नगर प्रमुख विष्टले घटनालगत्तै धम्बोझी चोक र शहीद सेतु विक चोक पुगेर घटनाबारे स्थलगत जानकारी लिएका थिए ।

उनले शहीद सेतु विकको शालिकमा तोडफोड गर्ने कार्यको निन्दा गरे । वीरेन्द्र चोकमा शालिक राख्ने र हटाउने विषयमा बारम्बार विवाद हुने गरेकाले त्यसको स्थायी समाधानका लागि सम्बद्ध सबै पक्षसँग संवाद गरेर अघि बढ्ने नगर प्रमुख विष्टले प्रतिवद्धता ब्यक्त गरे ।

Kids Festival 2022
kanti aarogya hospital

स्व. राजा वीरेन्द्रको शालिक राख्नेक्रममा भएको झड्पमा परि घाइते भएका प्रदर्शनकारी र सुरक्षाकर्मीको नगर प्रमुख विष्टले शिघ्र स्वास्थ्यलाभको कामना गरे ।