नेपालगन्ज १९ जेठ : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दरबार हत्याकाण्डको दिन पारेर नेपालगन्जमा बिहीवार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाछन् । नगर प्रमुख विष्टले घटनालगत्तै धम्बोझी चोक र शहीद सेतु विक चोक पुगेर घटनाबारे स्थलगत जानकारी लिएका थिए ।
उनले शहीद सेतु विकको शालिकमा तोडफोड गर्ने कार्यको निन्दा गरे । वीरेन्द्र चोकमा शालिक राख्ने र हटाउने विषयमा बारम्बार विवाद हुने गरेकाले त्यसको स्थायी समाधानका लागि सम्बद्ध सबै पक्षसँग संवाद गरेर अघि बढ्ने नगर प्रमुख विष्टले प्रतिवद्धता ब्यक्त गरे ।
स्व. राजा वीरेन्द्रको शालिक राख्नेक्रममा भएको झड्पमा परि घाइते भएका प्रदर्शनकारी र सुरक्षाकर्मीको नगर प्रमुख विष्टले शिघ्र स्वास्थ्यलाभको कामना गरे ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’