राजा वीरेन्द्रको शालिक सर्वदलिय सहमतिमा राख्ने निर्णय

फोडिएको सेतु विकको शालिक उपमहानगरपालिकाले मर्मत गर्ने


राजा वीरेन्द्रको शालिक सर्वदलिय सहमतिमा राख्ने निर्णय

नेपालगन्ज १९ जेठ : नेपालगन्जको धम्बोझीमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्ने सर्वदलिय सहमित भएकोछ ।

बिहीबार विहान नेपालगन्जको धम्बोझी चोकमा राजा वीरेन्द्रको शालिक पुनस्थापना गर्ने क्रममा भएको झडपपश्चात जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सर्वदलिय बैठकपश्चात भएको निर्णयको जानकारी दिदैँ भने–‘सर्वदलिय सहमति विना कुनै पनि शालिक निर्माण र पुनस्थापना नगर्ने निर्णय गरिएकोछ । राजा वीरेन्द्रको शालिक पुनस्थापनाका सम्बन्धमा समेत सोही निर्णय गरिएको हो ।’

जिल्ला प्रशासन कार्यालय बाँकेमा राप्रपा बाहेक जिल्लाका मुख्य दलसहित अन्य दलको उपस्थितीमा भएको सर्वदलिय बैठकले संवेदनशील विषयमा निर्णय गर्दा कसैलाई चोट वा हानी हुने गरि नगर्ने र त्यस्ता विषयमा सर्वदलिय सहमतिका आधारमा अघि बढ्ने भनि निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले सेतोखरीलाई जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

निमित्त प्रजिअ शर्माका अनुसार सर्वदलिय बैठकमा राप्रपाको उपस्थिती भने भएन । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेकपा समाजबादी, जसपा, लोसपा, जनमत तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईको सहभागिता रहेको थियो ।

‘राप्रपाको उपस्थिती भएन । उहाँहरुको विचार सुनिन्थ्यो ।’ निमित्त प्रजिअ शर्माले भने–‘यसअघि पनि नेपालगन्ज उपमहानगरपालिकामा सर्वदलिय बैठकले यस्ता संवेदनशील विषयमा कसैले पनि एकलौटीरुपमा अघि नबढ्ने भनेर निर्णय गरिएको रहेछ । आजको बैठकमा समेत एकपक्षिय रुपमा कसैले पनि निर्णय नगर्ने यसका लागि सर्वदलिय सहमतिबाट अघि बढ्ने निर्णय भयो ।’

यस्तै राजा वीरेन्द्रको शालिक पुनस्थापनाका क्रममा आक्रोशित भीडले सेतु विक चोकमा रहेको सहिद सेतु विकको शालिक तोडफोडको मर्मतका लागि उपमहानगरपालिकाले जिम्मा लिएको निमित्त प्रजिअ शर्माले सेतोखरीलाई जानकारी दिए ।

राप्रपाले कसैलाई नसोधी, सरसल्लाहसमेत नगरी वा नगरबाट निर्णय नै नगराई एकाएक राजा वीरेन्द्रको शालिक स्थापना गरेको भन्दै त्यसको विरोध भएको थियो । त्यसपछि प्रहरी प्रशासनले शालिक केही बेरमै हटाएको थियो ।

प्रहरीले शालिक हटाएपछि आक्रोशित राप्रपाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हान्नुका साथै चार राउण्ड हवाइ फायरसमेत गरेको थियो । सो क्रममा ९ जना प्रहरी घाईते भएको बाँके प्रहरीले जनाएकोछ ।

थप समाचार

बाँकेका सिडिओ खत्रीले भने– ‘शालिक नराख्ने पक्षमा हामी छैनौं’

वीरेन्द्रको शालिक हटाएपछि आक्रोशित समुहले सहिद सेतु विकको शालिक फोडे

लिङ्देनले सरकारलाई भने: इतिहासको सम्मान गर्न सिक