तस्करीको पेय पदार्थ डिउ रोक्न जनपद र शसस्त्र प्रहरीद्वारा कडाई


तस्करीको पेय पदार्थ डिउ रोक्न जनपद र शसस्त्र प्रहरीद्वारा कडाई

File Photo

नेपालगन्ज २० जेठ : भारतको रुपैडिहा हुँदै नेपालगन्ज भित्रिरहेका चिसो पेय पदार्थ डिउ र कोकाकोलाको तस्करी रोक्न सुरक्षाकर्मीले कडाई गरिरहेकोछ । भारतबाट डिउ र कोकाकोला तस्करी गरेको भेटिने वित्तिकै सीमामा रहेका जनपद प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरिरहेकाछन् ।

सीमामा जनपद प्रहरी र शसस्त्र प्रहरीले कडाई गरेपछि यतिबेला भारतीय बजार रुपैडिहा भएर नेपाल तस्करी हुने चिसो पेय पदार्थमा भारी कमी आएको छ । डिउ र कोकाकोला तस्करीको समाचार सेतोखरीले दैनिकले यही जेठ १५ गते प्रकाशन गरेपछि उक्त पेय पदार्थको तस्करी रोक्न जनपद प्रहरी र सशस्त्र प्रहरी कस्सिएको हो । समाचार प्रकाशमा आएपछि बाँके प्रहरी उक्त पेय पदार्थको तस्करी रोक्न रुपैडिहा नाका भएर नेपालगन्ज तस्करी हुने डिउ, कोक लगायतका पेय पदार्थको जम्बो बोतलहरु धमाधम नियन्त्रणमा लिइरहेकोछ ।

रुपैडिहा नाका भएर नेपालगन्ज तस्करी हुने डिउका जम्बो बोतलहरु सीमानाकामा तैनाज जनपद प्रहरी र सशस्त्र प्रहरीले जमुनाह नाकाबाटै धमाधम नियन्त्रणमा लिने र उतै फर्काउने गरिरहेकोछ । भारतीय सीमानाका जमुनाहाको सुरक्षा ब्यवस्था कडा पारिएको ईलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक माधवप्रसाद रिजालले सेतोखरीलाई जानकारी दिए ।

केही समय अघि मात्र जमुनाहको कमाण्ड सम्हालेका जमुनाह प्रहरी इन्चार्ज प्रहरी बरिष्ठ नायव निरीक्षक रिजालले बाँके प्रहरीको निर्देशनमा सीमानाकामा सुरक्षा ब्यवस्था कडा पारेको बताए । ‘तस्करीका पेय पदार्थ रोक्न जिप्रकाबाट हामीलाई कडा निर्देशन आएको छ’ सोही निर्देशनलाई द्रुत गतीमा कार्यान्वयन गर्दै कोक, स्प्राइट, डिउ, फेन्टा लगायतका चिसो पेय पदार्थ नियन्त्रणमा लिइरहेको रिजालले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले भने भारतबाट तस्करी हुने पेय पदार्थ नियन्त्रणका लागि प्रहरीसंगै सशस्त्र प्रहरी समेतले निगरानी बढाउँदै कडाई गरेकोछ’ रिजालले भने–‘ प्रहरी र सशस्त्र प्रहरीको कडाईले यतिबेला भारतीय पेय पदार्थको तस्करी ठप्प छ ।’ ‘मुख्य नाकासंगै सहायक नाकामा समेत प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएकोछ । सुरक्षाकर्मीलाई छलेर भित्र्याएको पेयपदार्थ हामीले चौलिकाबाट समेत नियन्त्रणमा लिने गरेकाछौं’ रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका डिएसपी मधुसुदन न्यौपानले भारतबाट तस्करी हुने डिउ, स्प्राइट, कोक लगायतका पेय पदार्थलाई नियन्त्रणमा लिन सीमानाका जमुनाह प्रहरी, सीमावर्ती प्रहरी चौकी युनिटलाई यसअघि कडा निर्देशन दिएका थिए ।

प्रहरीको कडा निर्देशनमा यतिबेला सीमावर्ती नाका जमुनाह लगायत, साईगाउँ, बेलभार, होलिया र नरैनापुर लगायतको भारतीय सीमामा प्रहरीले कडा निगरानी गरिरहेकोछ ।

यता भारतबाट तस्करी गरि ल्याइएको पेय पदार्थ नेपालगन्जमा विक्री हुनेगरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले बजार अनुगमन गरि धमाधम कारबाही समेत थालेकोछ ।

केही दिनअघि मात्रै बजार अनुगमन गरि भारतबाट तस्करी गरि पेय पदार्थ विक्री गर्ने नेपालगन्जका दुई वटा पसललाई ५÷५ हजार रुपैयाँ कारबाही स्वरुप जरिवाना गरेको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले भारतबाट तस्करी गरि ल्याएको पेय पदार्थ विक्री वितरणमा रोक लगाउँदै नियमित बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
जमुनाह नाकाबाट दैनिक करिब १६ लाखको पेय पदार्थ डिउ तस्करी हुने गरेकोछ । गर्मी बढेसंगै भारतीय बजार रुपैडिहाबाट दिनहुँ करिब १६ लाखको कोक, डिउ, फेन्टा र स्प्राईट जस्ता पेय पदार्थ तस्करी हुने गरेको पाइएको हो ।

युनिलिभरका कुनैपनि उत्पादन एक देशदेखि अर्को देश लान पाइदैन । यो गैरकानूनी हो । खुलेयाम भारतमा उत्पादित यस्ता पेय पदार्थ तस्करी भइरहदाँ रोक्ने काम समेत नहुँदा भारतमा उत्पादित यी पेय पदार्थ नेपाली बजारभन्दा केही सस्तो हुने भएकाले दिनहुँ पैदल, मोटरसाईकल तथा रिक्सामा घरेलु प्रयोजनका लागि भन्दै नेपाल तस्करी हुदैँ आएको छ ।

नेपालगन्जमा भण्डारण गर्ने र महंगोमा बेच्ने हुदाँ नेपालमा उत्पादन हुने कोक, डिउ, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थ विक्री वितरणमा समेत भारी गिरावट आएको छ । भन्सार छलि गरि भारतीय बजार रुपैडिहाबाट अबैधरुपमा ल्याइएका यस्ता पेय पदार्थले नेपाली बजारमा कब्जा जमाइरहँदा यहाँको ब्यापार व्यवसाय धरासय बन्दै गएको छ ।

भारतीय बजारबाट भन्सार छलि गरि ल्याइएका कोक, फेन्टा, स्प्राईट, डिउ जस्ता पेय पदार्थको एउटै बोतलमा ५०–६० रुपैयाँसम्म नाफा खाने गरेका छन् । नेपाली बजारभन्दा भारतीय बजारमा सस्तोमा पाइने भएकाले दिनहुँ सयौं मान्छेले क्यारिङ्ग गरि नेपालगन्जका पसल–पसलमा बेच्ने गरेकाछन् । यसरी घरेलु प्रयोजनका लागि भन्दै ल्याइने यस्ता पेय पदार्थ नेपालगन्जमा भण्डार गरि नेपालगन्ज र छिमेकी जिल्लाहरुमा समेत महंगोमा बेच्ने गरिएकोछ ।

थप समाचार

भारतबाट तस्करीको पेय पदार्थ विक्री गर्ने नेपालगन्जका दुई पसललाई १० हजार जरिवाना

तस्करीको पेय पदार्थ डिउ धमाधम पक्राउ गर्दै बाँके प्रहरी

जमुनाह नाकाबाट दैनिक करिब १६ लाखको पेय पदार्थ डिउ तस्करी