बाघ आक्रमण नियन्त्रण गर्न भन्दै प्रर्दशन, प्रहरीले गोली चलाउँदा बालिकाको मृत्यु

नेपाल प्रहरीका १३ जना र सशस्त्रका ७ जना घाईते, २ जना प्रहरीलाई नेपालगन्ज रिफर


बाघ आक्रमण नियन्त्रण गर्न भन्दै प्रर्दशन, प्रहरीले गोली चलाउँदा बालिकाको मृत्यु

बाघ आक्रमण नियन्त्रण गर्न भन्दै बर्दियाको ओरालीबजार क्षेत्रमा सोमबार दिउँसो भएको प्रर्दशन । तस्विर सौजन्य : रजनी योगी

नेपालगन्ज २३ जेठ : बर्दियाको ओरालीबजारमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना बालिकाको मृत्यु भएकोछ । बाघ नियन्त्रणको माग राखेर स्थानीयबासीले सोमबार दिउँसो साढे एक बजेदेखि ओराली बजारमा प्रर्दशन गरेका थिए ।

लामो समयसम्म प्रदर्शनकारीले सडक अबरुद्ध पारेपछि सोमबार बेलुका ६ बजेतिर प्रहरीले बल प्रयोग गरेर बाटो खुलाउन प्रयास गरेको थियो । सो क्रममा स्थानीयबासी र प्रहरीबीच दोहोरो झडप हुँदा १८ वर्षीया नविना थारुको मृत्यु भएको हो ।

सडक अबरुद्ध पारेका प्रदर्शनकारीले प्रहरीमाथि इटा, ढुङ्गा प्रहार गरेका थिए । दोहोर झडप उग्र बन्दै गएपछि सुरक्षाकर्मीले भीड नियन्त्रणमा लिन हवाई फायर गरेको थियो ।

सोक्रममा गोली लागेर १८ वर्षीया नविनाको मृत्यु भएको बताइएकोछ । गोली लागि गम्भीर घाइते बनेकी नविनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमै उनको मृत्यु भएको बताइएकोछ । अहिले नविनाको शव बर्दिया जिल्ला अस्पतालमा राखिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

घाइते अस्मिताको नेपालगन्जमा उपचार भइरहेकोछ । ओराली बजारबाट प्रहरी हटेको छ । स्थानयले बाटो बन्द गरिरहेकाछन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदयकुमार सापकोटाले सेतोखरीसंग कुरा गर्दै भने –‘सोमबार विहान करिब ९ बजेतिर बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ सोनाहा गाउँमा आफ्नै खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बाघले आक्रमण गरेको थियो ।’ उनले अगाडी थपे–‘बाघको आक्रमणबाट अस्मिता घाइते भएपछि बाघ नियन्त्रणको माग राखेर स्थानीयबासीले सोमबार दिउँसोदेखि गुलरिया–राजापुर सडक अबरुद्ध पारेका थिए ।’

बाघ नियन्त्रणको माग राखेर स्थानीयबासीले दिउँसो साढे एक बजेदेखि ओराली बजारमा प्रर्दशन गरेका थिए । लामो समयदेखि दुवैतर्फका सवारीसाधन ठप्प भएपछि सुरक्षाकर्मीले सडक खुलाउन प्रयास गर्दा तनावको स्थिती सिर्जना भयो’ प्रहरी निरीक्षक सापकोटाले भने ‘उग्र बनेको भीडले एकाएक सुरक्षाकर्मीमाथि इटा, ढुङ्गा प्रहार गरि आक्रमण गरे । स्थिती नियन्त्रणमा लिन हवाई फायर गरियो । अहिले सो स्थानबाट सुरक्षाकर्मी ब्याक भएकोछ ।’

अबरुद्ध सडक खुलाउन भएको झडपबाट नेपाल प्रहरीका १३ जना र सशस्त्र प्रहरीका ७ जना घाइते भएकाछन् । भने २ जना गम्भीर घाईते प्रहरीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरी निरीक्षक सापकोटाले सेतोखरीलाई जानकारी दिए ।

सो क्षेत्रमा बाघले पटकपटक मानिसमाथि आक्रमण गरिरहेकोछ । बाघको नियन्त्रण र पीडित परिवारलाई क्षतिपूर्ति नदिएको स्थानीयबासीको भनाईछ ।